खेलकुदमा बजेट निराशाजनक : क्रिकेटलाई प्राथमिकता

खेलकुदमा बजेट निराशाजनक :  क्रिकेटलाई प्राथमिकता

काठमाडौं : सरकारले आर्थिक बर्ष २०७४/२०७५ को बजेटमा क्रिकेट खेलको भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले व्यवस्थापिका संसद्मा सोमबार सार्वजनिक गरेको बजेटमा खेलकुदका लागि कूल दुई अर्व २४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

सरकारले चालु बर्ष २०७४÷२०७५ को लागि विनियोजन गरेको खेलकुद बजेट अघिल्लो चालु बर्ष २०७३÷०७४ को भन्दा १६ करोड चार लाख २८ हजार रुपैयाँ कम हो । सरकारले अघिल्लो चालुबर्षमा खेलकुदका लागि कुल दुई अर्ब ४० करोड चार लाख २८ हजार रुपैयाँ विनियोजन गरेको थियो । अघिल्लो बजेटमा भौतिक संरचना निर्माण अन्तर्गतका विषय तोकिए पनि यसपटक संरचनाको विषय र स्थानबारे निक्र्योल गरिएको छैन । बजेटमा सन् २०१९ मा नेपालले आयोजना गर्न लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को विषय समेत उल्लेख गरिएको छैन । सरकारले विनियोजन गरेको यस बजेटमध्ये खेलकुदमा ४५ करोडभन्दा बढी रकम राखेप कर्मचारीको तलब र भत्तामा खर्च हुने गरेको छ ।

बजेटमा सरकारले काठमाडौंमा निर्माणाधिन मुलपानी क्रिकेट मैदान निर्माणलाई प्राथमिकतामा राखेको छ । यसैगरी बजेटमा देशभर विभिन्न आठ स्थानमा क्रिकेट मैदान निर्माण गरिने उल्लेख छ । सरकारले क्रिकेट र फुटबल खेलको स्तरोन्नती र विकास तथा अन्तर्राष्ट्रिय सहभागितालाई पनि विशेष जोड दिने उल्लेख गरेको छ ।

सरकारले खेलकुदमा खर्च हुने रकम खेलकुद परिषद् अन्तर्गत देशभरका स्थानीय तहमा हस्तान्तरण गरिएको समेत उल्लेख गरेको छ । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई छुट्याएको यही बजेटबाट युवा परिषद् र मन्त्रालयको ब्यवस्थापनका लागि समेत खर्च गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.