राष्ट्रिय गौरवका आयोजनलाई प्राथकिता

राष्ट्रिय गौरवका आयोजनलाई प्राथकिता

काठमाडौं : सरकारले राष्ट्रिय गौरवको आयोजनालाई प्राथमिकतामा राख्दै बजेटमा विनियोजना गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसद्मा पेस गर्नुभएको बजेटमा राष्ट्रिय गौरवका आयोजना अन्तर्गतका निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निमार्णका लागि १३ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले आगामी वर्षभित्र निजगढ विमानस्थल निमार्णका लागि टेन्डर गर्ने, चार वर्षभित्र पोखरा क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न गर्ने र आगामी वर्षदेखि अन्तर्राष्ट्रि गौतम बुद्ध विमानस्थल सञ्चालमा ल्याउन बजेमा उल्लेख गरेको छ । सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेट सार्वजनिक गर्दा पनि २०७४ माघदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालमा ल्याउने भन्दै सात अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेको थियो । यसैगरी गत वर्ष पनि सरकारले पोखरा क्षेत्रीय विमानस्थल चार वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भन्दै पाँच अर्ब र निजगढ विमानस्थलको डीपीआर, जग्गा प्राप्ति र मुआब्जा वितरणका लागि एक अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

तर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा २७ प्रतिशत मात्र काम भएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थको डीपीआरसमेत बन्न सकेको छैन । पोखरा विमानस्थलको पनि वातावरणिय प्रभाव मूल्यांकन रिर्पोट र डीपीआर समेत पास भएको छैन ।

तीनवटा विमानस्थल निर्माणका लागि १३ अर्ब ७२ करोड, फास्ट ट्र्याकमा १० अर्ब १४ करोड, हुलाकी राजमार्गको प्रथम खण्ड निर्माणमा चार अर्ब २७ करोड, कर्णाली, कालीगण्डकी र कोसी कोरिडोर निर्माणमा दुई अर्ब तीन करोड र मध्यपहाडी लोकमार्ग चार अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ६ अर्ब २२ करोड रुपैयाँमा निमार्ण गर्ने गरी सम्झौता भएको थियो भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागत तय भइसकेको छैन । पोखरा क्षेत्रीय विमानस्थल निर्माण २१ अर्ब लागत रहनेछ । अर्थमन्त्री कृष्णबहादुर महराले संसद्मा पेस गर्नु भएको आर्थिक वर्ष २०७४/७५ को बजेटमा राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको चार सिँचाइ आयोजनालाई पनि बजेट विनियोजन गर्नु भएकोछ । रानी जमरा कुलरिया सिँचाइ आयोजना, भेरी ववई डाइभर्सन, सिक्टा सिँचाइ र ववई सिँचाइ आयोजनाका लागि पाँच अर्ब १६ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजनामध्ये बहुचर्चित र बहुप्रतिक्षित काठमाडौं-तराई जोडने फास्ट ट्र्याक (द्रुतमार्ग) निर्माणका लागि सरकाले सोमबार सार्वजनिक गरेको आगामी वर्षको बजेटमा १० अर्ब १४ रुपैयाँ विनियोजन गरिएको छ । द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले पाइसकेको छ । नेपाली सेनाले आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको आयोजना कुल लागत एक खर्ब ११ अर्ब रुपैयाँ छ ।

प्रधानमन्त्री पुष्पवकमल दाहलले उद्घाटन गर्नु भएको द्रुत मार्ग सेनाले १० ठाउँबाट एकसाथ निर्माण सुरु गर्दै चार वर्ष भित्रै सम्पन्न गर्ने प्रतिबद्धता समेत गरिसकेको छ । चार लेनको हुने फास्ट ट्र्याक ललितपुरको खोकना, चाल्नाखेल, गढी, छतिवन हुँदै बाराको निजगढस्थित महेन्द्र राजमार्गका जोडिनेछ ।

यसैगरी सरकारले हुलाकी राजमार्ग अन्तर्गत प्रथम चरणको पाँच सय १८ किलो मिटर सडक खण्ड दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यअनुरुप चार अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ । साथै, दोस्रो चरणको निर्माण कार्यका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गर्दै आवश्यक स्रोत व्यवस्थापन गरिने बजेटमा उल्लेख छ ।

साथै उत्तर दक्षिण लोकमार्ग अन्तर्गतको कोसी कोरिडोरको बाँकी ट्र्याक खोल्ने कार्यका आगामी वर्षमा पूरा गर्न स्रोतको व्यवस्थापन गरिने मन्त्री महराले संसदमा प्रस्तुत जानकारी गराउनुभएको छ । यसैगरी राष्ट्रिय गौरबको आयोजना अन्तर्गत रहेको कालीगण्डकी जोमसोम-कोरला खण्ड तथा रिडी-बागलुङ-बेनी जोमसोम खण्डको निर्माण कार्यलाई निरन्तरता दिने बजेटमा उल्लेख छ ।

यसअन्तर्गतका उत्तर-दक्षिण लोकमार्गका तीनवटा खण्डको कर्णाली, कालीगण्डकी र कोसी कोरिडोरका लागि सरकारले दुई अर्ब तीन करोड रुपैयाँ विनियोजन गरेको छ । यसैगरी सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको विस्तृत गुरुयोजना अनुरुपका क्रियाकलाप सञ्चालनका भन्दै एक अर्ब ९२ करोड रुपैयाँ विनियोन गरेको छ । काठमाडौ उपत्यका बासीले लामो सयमदेखि भोग्दै आएको खानी पानी अभावको समस्या पनि यसै वर्षको असोजदेखि अन्त्य गर्ने सरकार लक्ष्य छ ।

यसका लागि राष्ट्रिय गौरबको आयोजना अन्तर्गत रहेको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्माण कार्य सम्पन्न गर्दै असोजदेखि चक्रपथभित्र दैनिक १७ करोड लिटर पानी वितरण बजेटमा उल्लेख छ । साथै, मेलम्ची खानेपानी आयोजनको दोस्रो चरण अन्तर्गतको यांग्री र लार्के नदीबाट दैनिक ३४ करोड लिटर खानेपानी थप गरी दैनिक ५१ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याउने संरचना निर्माण कार्य समेत प्रारम्भ गरिने बजेटमा उल्लेख छ ।

सरकारले समग्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनमा लागि यो वर्ष ६ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ । खानेपानी वितरणका लागि उपत्यकामा धमाधम पाइप बिछ्याउने काम भइरहेको छ । पानी संकलन रिर्जभर पोखरी निमार्णको काम पनि ५० प्रतिशतभन्दा बढी भइसकेको छ।

यसैगरी सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्दै पशुपति क्षेत्र र लुम्बिनी क्षेत्रको गुरुयोजना कार्यान्वयनमा तीव्रता दिने भन्दै एक अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको छ । यसका लागि गुरुयोजना तयार गरी कार्यान्वयनको विधि समेत तयार गरिने बजेटमा उल्लेख छ ।

यसैगरी सरकारले ससंद्मा सोमबार पेस गरेको आगामी वर्षको बजेटमा पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि चार अर्ब दुई करोड रुपैयाँ विनियोजन गरेको छ । यसमा पूर्व-पश्चिम रेल, मेट्रो रेल, मोनोरेल विकास आयोजना अन्तर्गतको पूर्व-पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास-मेची खण्ड र बुटवल-महाकाली खण्ड तथा काठमाडौं-वीरगन्ज रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सरकारको लक्ष्य छ । साथै बदिवास-सिमरा खण्डको रेल्वे ट्र्याकको निर्माण कार्यलाई निरन्तरता दिने बजेटमा उल्लेख छ ।

यसैगरी सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तर्गको मध्यपहाडी लोक मार्ग निर्माणका लागि चार अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको छ । यसमा नेपाली सेनाले निर्माण गरिरहेको खुलाल-लैफु-कालिकोट-सिमिकोट सडक एक वर्ष भित्र हुम्ला जिल्ला सदरमुकाम जोड्ने सरकारको लक्ष्य छ । साथै डोल्पा सदरमुकामलाई पनि एक वर्षभित्र सडक सञ्जालमा जोडिने भएको छ । साथै, निर्माण भइरहेको लोकमार्ग कालोपत्रे र पुल निर्माणको कामलाई समेत सरकारले प्राथमिकतामा राखेको छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.