सञ्चारलाई पाँच अर्ब

सञ्चारलाई पाँच अर्ब

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष सूचना तथा सञ्चार क्षेत्रका लागि बजेट वृद्धि गरेको छ । आर्थिक वर्ष २०७४/७५ का लागि आव २०७३/७४ को तुलनामा ८८ करोड बढी रकम विनियोजन गरिएको छ । अघिल्लो वर्ष चार अर्ब नौ करोड बजेट विनियोजन भएकामा यसपटक चार अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन भएको हो । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार सार्वजनिक गर्नुभएको बजेटमा यो क्षेत्रलाई करिब पाँच अर्ब रुपैयाँ बजेट विनियोजन गर्नुभएको छ । यसमा चालूतर्फ चार अर्ब ३८ करोड र पुँजीगत खर्चतर्फ ५९ करोड छ ।

सरकारले बजेटमार्फत सूचना विभागमा सूचना बैंकको स्थापना गर्ने उल्लेख गरेको छ । सरकारी नियकायमार्फत प्रकाशित सामग्रीलाई एकीकृत रूपमा विद्यतीय माध्यमबाट समेत उपलब्ध गराउन सूचना विभागमा सूचना बैंकको स्थापना गरिने भएको हो । यसका साथै सरकारले सञ्चार क्षेत्रमा उल्लेखनीय फड्को मार्ने उद्देश्यका साथ अहिले सञ्चालमा रहेको कार्यक्रमलाई निरन्तरता दिएको छ । विदेशी च्यान विज्ञापनरहित बनाउने नीति क्लिनफिडलाई आगामी साउन १ गतेबाटै लागू गर्ने पनि उल्लेख छ । यो नीति कार्यान्वयनपछि नेपालमा आउने विदेशी च्यानल हाल आइरहको अंग्रेजी च्यानलसहर विज्ञापन रहित हुनेछ ।

साउन १ गतेबाट क्लिन फिड लागू गर्ने गरी अघिल्लो सरकारले नै यो निर्णय गरेको थियो । यो नीति कार्यान्वयन गर्नु चुनौतीपूर्ण भए पनि यसलाई कडाइका साथ कार्यन्यनमा ल्याएको अवस्थामा नेपालमा कुनै पनि भारतीय च्यानलमा विज्ञापन आउने छैन । भारतीय विज्ञापन आउने समयमा नेपाली विज्ञापन आउने उल्लेख छ । यसको सफल कार्यान्वयन गर्न सकिए नेपालको स्वाभिमान बढ्नुका साथै विज्ञापनको बजार पनि विस्तार हुने अनुमान गरिएको छ ।

आमसञ्चारको क्षेत्रलाई व्यवस्थित र मर्यादित तुल्याउन सरकाले यो वर्षबाट प्रत्येक प्रदेशमा पत्रकार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ ।

यसका साथै यो बजेटमार्फत टेलिसेन्टर र सामुदायिक सूचना केन्द्रलाई विस्तार गरिने भएको छ । सूचना तथा प्रविधिको प्रयोग बढाउन तथा सहज रूपमा सूचना प्रभाव गर्न सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत सञ्चालित टेलिसेन्टर र सामुदायिक सूचना केन्द्रलाई नेपाल दूसञ्चार प्राधिकरणको सहकार्यमा स्थानीय हुलाक कार्यालयमार्फत विस्तार तथा सञ्चालन गरिने भएको छ ।

यसले स्थानीय स्तरमासमेत सूचना तथा प्रविधिको पुहँच पुग्नेछ । सरकाले गत वर्षको योजनालाई निरन्तरता दिँदैं राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सडकमा अप्टिकल फाइबर बिछ्याउने भएको छ । यसका माध्यमबाट आगामी दुई वषभित्र सबै जिल्ला सदरमुकाम, नगरपालिका तथा गाउँपालिकालाई सूचना मार्गले जोड्नेछ । यसबाट ब्रोडब्याड इन्टरनेट सेवालाई वडा स्तरसम्म विस्तार गरिने भएको छ । यसले स्थानीय स्तरसम्म इन्टरनेटमा पहुँचका साथै सरकारी कार्यक्रमलाई अनलाइनमैत्री बनाउन सहयोग पुग्नेछ ।

सरकारले दूरसञ्चार सेवालाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन भन्दै एक आपसमा गाभिनका लागि बाटो खोलको छ । सरकाले यो बजेट मार्फत दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई एक आपसमा गाभिन प्रोत्साहन गर्ने भएको हो । यसका साथै हुलाक सेवालाई स्वायत निकायका रूपमा पुनर्संरचना गर्न कानुनी तथा संरचनागत व्यवस्था गरिने भएको छ । गत वर्षको बजेटमै उल्लेख भएको यो कार्यलाई थप सुदृढ गरी अघि बढाइने भएको छ । सरकारले हुलाक बचत बैंकलाई सबै स्थानीय तहमा विस्तार गरि विपे्रषण, विद्युत्, खानेपानी, टेलिफोन महशुल सामाजिक सुरक्षा भत्ता भुक्तानी केन्द्रको रूपमा विकास गर्ने भएको हो । यो कार्यान्वयनमा आएको खण्डमा विपे्रषण, विद्युत्, खानेपानी, टेलिफोन महशुल तिर्ने, सामाजिक सुरक्षा भत्ता भुक्तानी लगायतका काम हुलाक मार्फतनै हुनेछ ।

आमसञ्चारको क्षेत्रलाई अझ व्यवस्थित र मर्यादित तुल्याउन सरकाले यो वर्षबाट प्रत्येक प्रदेशमा पत्रकार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ । आमसञ्चारमा महिला, दलित, आदिवासी जनाजाती, अपांग, मधेसी, सिमान्तकृत समुदाय र पछाडि परेकाका प्रतिनिधित्व बढाउन विभिन्न सचेतनामूलक कार्यक्रम गरिने बजेटमा उल्लेख गरिएको छ । यस्तै, सरकाले विज्ञान तथा प्रविधिक्षेत्रका लागि यो वर्ष एक करोड बजेट विनियोजना गरिएको छ ।

विज्ञान तथा प्रविधिको अधिकतम उपयोग गरी पूर्वाधार विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन विज्ञान तथा प्रविधिलाई मुलुकको समग्र अभिलेख व्यवस्थापन गरिने उल्लेख छ । सबै सरकारी सेवा वितरणका लागि मुख्य औजारका रूपमा प्रयोगमा गर्न आवश्यक अनुसन्धान तथा विकास निकायको क्षमता अभिवृद्धिसमेत गरिने बजेटमा उल्लेख छ ।

विज्ञान तथा प्रविधिको विशिष्टीकृत अध्ययन अनुसन्धान गर्न सरकाले त्रिभुवन विश्वविद्यालयमा एउटा विज्ञान सहर स्थापन गर्ने जनाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका अनुसन्धान केन्द्रको पुनर्गठन गरी आर्थिक, प्रशासनिक, शैक्षिक र सामाजिक क्षेत्रका लागि राष्ट्रिय अनुसन्धान केन्द्रको रूपमा विकास गरी समसामयिक विषयमा अनुसन्धान गरिनेछ । यसका साथै सरकाले विज्ञान तथा प्रविधिको अन्वेषण गर्ने युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने, विदेशमा रहेका नेपाली वैज्ञानिकलाई नेपालमा फर्केर योगदान गर्न सक्ने वातावरण सिर्जना गर्ने बजेटमा उल्लेख छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.