नेपाली सेनाको जहाज दुर्घटना

नेपाली सेनाको जहाज दुर्घटना

काठमाडौं : नेपाली सेनाको जहाज बाजुराको कोल्टी विमानस्थलमा दुर्घटनामा भएको छ । दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

खाद्य संस्थानको चार्टर फ्लाइट लिएर सुर्खेतबाट हुम्ला जाने क्रममा मौसम खराबीका कारण कोल्टी विमानस्थलमा आपतकालीन अवतरणका क्रममा दुर्घटना भएको हो ।

सैनिक प्रवक्ता झंकर बहादुर कडायतका विमानका पाइलट सामान्य घाइते रहेको बताउनु भयो ।

सुर्खेतबाट हुम्लाको सिमकोटतर्फ गएको विमान त्यहाँ अवतरण हुन नसकेपछि बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो।

दुर्घटनाका क्रममा विमानमा आगलागी भएको छ। आगलागीबाट नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र एक महिला गम्भीर घाइते भएका बाजुराका प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टले जानकारी दिनुभयो।

विमानमा लागेको आगो भने प्रहरीले निभाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.