पर्यटनका खम्बा बीके श्रेष्ठको निधन

पर्यटनका खम्बा बीके श्रेष्ठको निधन

काठमाडौं : पाँचतारे होटेल र्‍याडिसनका प्रबन्ध निर्देशक बीके श्रेष्ठको निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित श्रेष्ठको ६४ बर्षको उमेरमा मंगलबार बिहान भैंसेपाटीस्थित निवासमा निधन भएको हो । । उहाँका श्रीमति र तीन छोरीहरु हुनुहुन्छ । स्वर्गीय श्रेष्ठ पर्यटन क्षेत्रका पायोनियर हुनुहुन्थ्यो । काठमाडौंको लाजिम्पाटमा रहेको पाँचतारे होटल र्‍याडिसनमा सर्वसाधरणको पनि शेयर छ । उहाँको पोखरास्थित पाँचतारे ग्रान्ड होटेल र चितवनको सौराहामा चितवन प्याराडाइज होटेल सञ्चालनमा छन् ।

'हिमालय टुर एन्ड ट्राभल्स' कम्पनीमार्फत श्रेष्ठ पर्यटन व्यवसायमा प्रवेश गर्नुभएको थियो । उहाँको ट्राभल पुरानो कम्पनीमा पर्छ । 'सानै उमेरदेखि पर्यटन व्यवसायमा होमिनुभएका श्रेष्ठ रोगले ग्रस्त बनाउँदासमेत अफिस गइरहनुहुन्थ्यो' होटल एशोसियसन अफ नेपाल (हान)का महासचिव विनायक शाहले बताउनुभयो ।

श्रेष्ठ बीमा व्यवसायमा पनि सक्रीय हुनुहुन्थ्यो । उहाँले नेपाल उद्योग वाणिज्य महासंघमा डेढ दशकभन्दा बढी समय कार्यकारिणी समिति सदस्य भएर काम गर्नु भएको थियो । महासंघको एशोसिएट सदस्यबाट उपाध्यक्षमा समेत उम्मेदवारी दिनुभएको भएपनि सफल हुन सक्नुभएन । हानका पूर्वअध्यक्ष उहाँले होटेल व्यवसायको उत्थानमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । उहाँ हानमा दुई कार्यकाल प्रथम उपाध्यक्ष हुनुभयो ।

श्रेष्ठ नेपाल जर्मन चेम्बर अफ कमर्शको पुर्वअध्यक्ष समेत हुनुहुन्थ्यो । श्रेष्ठले संघ संगठनमा रहँदा दत्तचित्त भएर काम गर्ने गरेको शाह सम्झनुहुन्छ । पाँचतारे होटेल सञ्चालन गरेर विदेशी मुद्रा आर्जन र रोजगारीमा ठूलो योगदान पुर्‍याउँदै आउनुभएका उहाँले प्रतिकुल अवस्थामा पनि बिचलित नभई होटेल व्यवसाय टिकाएर अगाडि बढाउनुभएको थियो । 'उहाँले आफ्नो व्यवसायमात्र चलाउनु भएन, समग्र पर्यटन व्यवसायको उत्थानमा महत्वपूर्ण योगदान दिनुभयो' शाहले भन्नुभयो ।

शाहका अनुसार श्रेष्ठ मृदुभाषी र मिलनसार हुनुहुन्थ्यो । लो प्रोफाइलमा बसेर काम गर्ने उहाँको बानी थियो । उहाँले जुन काम गर्नुहुन्थ्यो, फत्ते गरेरै छाड्नुहुन्थ्यो, उहाँमा साँच्चिकै लिडरसीप क्षमता थियो' शाहले भन्नुभयो । रोगले थिचिसक्दा पनि उहाँ अफिस गइरहनुहुन्थ्यो । बन्द हडतालको समयमा पनि उहाँ भैंसेपाटीबाट टिसर्ट लगाएर हिँड्दै र्‍याडिसन होटेल (अफिस) पुग्ने गरेको शाहको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.