भरतपुरमा मतगणना सुरु गर्न माग गर्दै एमाले शीर्ष नेता निर्वाचन आयोगमा

भरतपुरमा मतगणना सुरु गर्न माग गर्दै एमाले शीर्ष नेता निर्वाचन आयोगमा

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि विवादका कारण स्थगित भएको मतगणना सुरु गर्ने विषयमा निर्वाचन आयोगमा छलफल भएको छ ।

एमालेका शीर्ष नेताले स्थगित भएको मतगणना तत्काल प्रारम्भ गर्न आयोगसँग माग गरेका छन् । मतगणना तत्काल सुरु गर्न माग गर्दै एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेता प्रदीप ज्ञवालीलगायत निर्वाचन आयोगमा पुग्नु भएको थियो।

एमालेका नेतासँगको छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले मतगणना पुनः सुरु गर्ने विषयमा पहल भइरहेको आश्वासन दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.