बाजुरा दुर्घटनामा ज्यान गुमाएका पाइलट पनि भोजपुरकै

बाजुरा दुर्घटनामा ज्यान गुमाएका पाइलट पनि भोजपुरकै

भोजपुर : बाजुराको कोल्टीमा दुर्घटनाग्रस्त नेपाली सेनाको विमानका चालक कैलास गुरुङ भोजपुरको छिनामखुका भएको खुलेको छ। केही दिनअघि लुक्लामा भएको गोमा एयरको विमान दुर्घटनामा मृत्यु भएका पाइलट पारसकुमार राई समेत भोजपुरकै हुन्। एक हप्ताभित्रमै भएका दुई विमान दुर्घटनामा भोजपुरले दुई पाइलट गुमाएको हो।

मंगलबार दुर्घटनाग्रस्त भएको सेनाको विमानका पाइलट भोजपुरको छिनामखुका हुन भने शनिबार लुक्लामा भएको गोमा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट पारस भोजपुरको साङपाङका हुन्।

लुक्ला दुर्घटनामा पाइलट पारस र कलंकी निवासी को-पाइलट सृजन मानन्धरले ज्यान गुमाएका थिए। मंगलबार दुर्घटनाग्रस्त सेनाको विमानमा सवार एक प्राविधिक र अर्का पाइलट घाइते छन्।

दुवै घाइतेलाई बाजुराबाट थप उपचारका लागि सीता एयरको हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.