पतंजलीको उत्पादन गुणस्तर ल्‍याब टेस्टमा फेल, रामदेवलाई धक्‍का !

पतंजलीको उत्पादन गुणस्तर ल्‍याब टेस्टमा फेल, रामदेवलाई धक्‍का !

एजेन्सी: भारतीय योग गुरु बाबा रामदेवको पतन्जली आयुर्वेदिकको उत्पादन गुणस्तर ल्‍याब टेस्टमा फेल भएको छ। पतंजली कम्पनीबाट उत्पादन हुने करीब ४० प्रतिशत आयुर्वेद सामग्रीको उत्पादन गुस्तर फेल भएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले उल्लेख गरेको हो।

टाइम्सले आरटीआईको रिपोर्टलाई उदृत गर्दै पतंजलीको 'दिप्‍य अमला जुस' र 'शिवलिंगी बीज'को उत्पादनलाई ल्‍याबमा चेक जाँच गर्दा गुणस्तर नरहेको जनाएको छ। योसँगै योगगुरु रामदेवको कम्पनीलाई ठूलो धक्का लागेको छ।

उसले भनेको छ, 'पंतजली कम्पनीबाट उत्पादन भएको थुप्रै सामान उत्तराखण्डको ल्याब टेस्टमा फेल भएको छ। करीब ४० प्रतिशत सामग्रीमा मिसावट रहेको छ। जसमा 'दिप्‍य अमला जुस' र 'शिवलिंगी बीज'को गुणस्तरमा निक्‍कै हेलचेक्रयाइ गरेको छ।'

आरटीआइले सन २०१३ र सन् २०१६ पंतजलीबाट उत्पादनको हुने ८२ वटा स्याम्पलको गुणस्तर ल्‍याबमा परीक्षण गर्दा ३२ वटा उत्पादनको गुणस्तर मापदण्ड विपरीत अर्थात फेल भएको थियो। त्‍यसमध्‍ये 'दिप्‍य अमला जुस' र 'शिवलिंगी बीज'को उत्पादनले गुणस्तर परीक्षणमा फेल भएको थियो।

यस्तै गत महिना मात्रै भारतीय सेनाको क्यान्टिनबाट पंतजलीको अमला जुसलाई प्रयोगमा रोक लगाइएको थियो। तर उत्तराखण्ड पतंजलीका कार्यकारी निर्देशक आचार्य बालकृष्णले ल्याबको रिपोर्टलाई आपत्ति जनाउँदै भनेका छन्, 'पतंजलीको छविलाई बिगार्न यस्तो आरोप लगाइएको छ। यो सरासर गलत हो।'

उत्तराखण्डस्थित हरिद्धार र ऋषिकेशमा पंतजली आयुर्वेदका हजारबढी डिलरहरुमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको उत्तराखण्डका विभागीय मन्त्री हरकसिंह रावतले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.