‘बेल्ट एन्ड रोड’ को व्यवहारिक कार्यान्वयनमा अघि बढौं : ओली

‘बेल्ट एन्ड रोड’ को व्यवहारिक कार्यान्वयनमा अघि बढौं : ओली

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ अवधारणा ‘बेल्ट एन्ड रोड’ बाट लाभ लिन नेपालले आवश्यक व्यावहारिक कदम चाल्ने बेला आएको बताउनुभएको छ ।

इन्टरनेशन कन्सर्न सेन्टरले सोमबार आयोजना गरेको ‘ओबिओआर : इन्ह्यान्सिङ् कनेक्टिभीटी’ बिषयक एक दिने सम्मेलनमा अध्यक्ष ओलीले भन्नुभयो, ‘बेल्ट एन्ड रोड अवधारणाबाट कसरी लाभ लिने भनेर आवश्यक रणनीति लिने बेला आएको छ।यस अवधारणालाई अर्थपूर्ण ढंगले नेपालमा व्यवहारिक कार्यान्वयन गर्न हामीले अब काम गर्नुपर्छ ।’ बेल्ट एन्ड रोड अवधारणा नेपालको आर्थिक विकासका लागि दुरगामी महत्वको रहेको अध्यक्ष ओलीले बताउनुभयो ।

‘अघिल्लो महिना हामीले चीनसँग बेल्ट एन्ड रोडमा सहभागि हुन समझदारी पत्रमा हस्ताक्षर गरेसँगै यसमा हाम्रो सहभागिता सुनिश्चित भएको छ।यो अत्यन्त सकारात्मक कुरा हो।हामी अब कानुनी रुपमा बेल्ट एन्ड रोड अवधारणामा सदस्य बनेका छौँ,’ उहाँले भन्नुभयो ।

ओलीले अघिल्लो बर्ष आफ्नो प्रधानमन्त्रीत्व कालमा चिनियाँ राष्ट्रपति सी जीनपिङ्ले अघि बढाएको बेल्ट एन्ड रोड अवधारणामा नेपाल सहभागि हुनेगरी काम अघि बढेको सोही अनुसार अहिलेको सरकारले समझदारी पत्रमा हस्ताक्षर गरेको बताउनुभयो ।

प्राचिन सिल्क रोडको अवधारलाई चीनले पुर्नताजगी गरी बेल्ट एन्ड रोड अवधारणा ल्याएको र त्यसबाट सीमापार रेल, सडक, जनस्तरको सम्पर्क, लगानी र भौतिक पूर्वाधार विकासमा सहयोग लिन नेपाललाई नयाँ अवसर प्राप्त भएको बताउनुभयो ।

चीनसँग अघिल्लो बर्ष भएको पारवहन तथा यातायात सम्झौताले नेपालको विकासमा नयाँ अवसरको ढोका खोलेको उल्लेख गर्दै उहाँले अब भारत र चीन दुवै तर्फबाट नेपालले समुन्द्री मार्गसम्म पहुँच पाउने अवस्था आएको बताउनुभयो ।

‘मेरो चीन भ्रमणले चीनसँगको सम्बन्ध नयाँ उचाईमा पुगेको थियो।पारवहन सम्झौता दुई देशको सम्बन्धमा ऐतिहासिक कदम थियो,’ उहाँले भन्नुभयो ।

‘हामी अब बलिया दुई छिमेकी मुलुकका बीचमा कुजिएर बस्नुपर्ने अवस्था छैन।अथवा कुनै एक छिमेकीसंग मात्रै परनिर्भर भएर बस्नुपर्ने अवस्था छैन,’ ओलीले भन्नुभयो ।

कार्यक्रममा कांग्रेसका नेता डा. रामशरण महतले चीनले अघि बढाएको बेल्ट एन्ड रोड अवधारणामा सक्रिय सहभागि भइ नेपालले प्रचुर लाभ लिने अवसर रहेको बताउनुभयो ।

‘प्राचीन कालमा चिनियाँ सिल्क रोडमा नेपालका कालिगण्डकी करिडोरलगायत व्यापारिक मार्गका रुपमा रहेका थिए।चीनको तिब्बतबाट नेपाल हुँदै ब्रिटिस भारतसम्म व्यापार हुने गरेको थियो’ महतले भन्नुभयो, ‘प्राचीन सिल्क रोडको अवतारका रुपमा चीनले यतिबेला अघि बढाएको बेल्ट एन्ड रोड अवधारणाले नेपाललाई चीन र एसियाबीचको ब्यापार बिन्दुका रुपमा विकास गर्न मार्ग प्रशशस्त गरेको छ ।’

पूर्व अर्थमन्त्री समेत रहुनुभएका डा. महतले बेल्ट एन्ड रोड अवधारणा विश्वमा शान्ति, कनेक्टििभीटि प्रबर्धन, भौतिक पूर्वाधार विकास, प्रबिधि हस्तान्तरण र ज्ञान आदान प्रदान गर्नका लागि नयाँ अवसर रहेको बताउनुभयो ।

नेपाल क्षेत्रीय र विश्वब्यापी रुपमा विकासमा पछि परेको बताउँदै उहाँले नेपाललाई अतिकमविकसित भूपरिबेष्ठित मुलुकबाट विकाशशील मुलुकमा परिणत गर्न बेल्ट एन्ड रोड महत्वपूर्ण रहेको बताउनुभयो ।

सो अवसरमा चीनको हेवेई विश्वविद्यालयका प्राध्यापक झाङ् सुबिनले नेपाल चिनियाँ अवधारणा बेल्ट एन्ड रोड अवधारणामा सदस्य बन्नु उत्साहजनक रहेको बताउनुभयो।‘यसले नेपाल र चीनबीचको संबन्धमा नयाँ आधार खडा गरेको छ’ उहाँले भन्नुभयो ‘अब ओबिओआर अन्र्तगत कसरी पूर्वाधार विकासका परियोजना छनोट गरी चीनको सहयोग लिने भन्नेबारे एउटा बिशेष प्रभावकारी सरकारी संयन्त्र बनाउन बनाउन म नेपाललाई सुझाव दिन्छु ।’

पूर्वराजदूत हिरन्यलाल श्रेष्ठले नेपालले बेल्ट एन्ड रोड अवधारणाबाट चीन र विश्वसँग रेल र सडकबाट कनेक्टिभीटी बढाउने नयाँ अवसर आएको बताउनुभयो।‘हामी अब चीनियाँ समुन्द्री बन्दरगाह हुँदै मध्य एसिया, युरोप र अफ्रिकासम्म व्यापार गर्र्ने अवसर आएको छ,’ उहाँले भन्नुभयो, ‘भारतमा मात्र निर्भर हुनुपर्ने अवस्था छैन।अब भारतले फेरि नाकाबन्दी गरेर नेपाललाई समस्यामा पार्ने अवस्था अब छैन ।’ उहाँले भारत पनि चीनको बेल्ट एन्ड रोड अवधारणामा चाँडै सहभागी हुने दाबी गर्नुभयो।पूर्वराजदूत डा. दिनेश भट्टराईले चीनले अघि बढाएको बेल्ट एन्ड रोड अवधारणामा नेपाल सदस्य बन्नु खुशीको बिषय रहेको बताउनुभयो।

बेल्ट एन्ड रोड अवधारणाअनुशार चिनियाँ रेल नेपालतर्फ विस्तार हुने क्रममा रहेको बताउँदै उहाँले चीनबाट नेपालतर्फ एकतर्फी व्यापार हुने तर नेपालबाट चीनतिर ब्यापार नहुने अवस्था आउन नहुने बताउनुभयो।‘नेपालका उत्पादन पनि चीनतिर निर्यात हुने वातावरण बन्नु आवश्यक छ,’ उहाँले भन्नुभयो ।

एमाले नेता प्रदीप ज्ञवालीले भारतले संविधान जारी भएपछि नाकाबन्दी गर्दा जनताले पीडा झेल्नु परेको बताउँदै चिनियाँ अवधारणा बेल्ट एन्ड रोड अवधारणामा सदस्य बनेसँगै अब नेपाल भारतमा मात्र नेपाल परनिर्भर भएर रहनुपर्ने अवस्था नरहेको बताउनुभयो।

‘बेल्ट एन्ड रोड अवधारणाबाट हामी रेल, सडक लगायत पूर्वाधार विकासमा चिनियाँ लगानी भित्र्याउन सक्छौँ’ उहाँले भन्नुभयो ‘हामी भूपरिबेष्ठित मुलुक भएर बस्नुपर्ने अवस्था रहनेछैन ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.