प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मध्यमाञ्चल र मध्यपश्चिमाञ्चले बराबरी अंक बाँडे

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मध्यमाञ्चल र मध्यपश्चिमाञ्चले बराबरी अंक बाँडे

काठमाडौ: प्रधानमन्त्री कप क्रिकेट प्रतियागिताअन्तर्गत आज भएको खेलमा मध्यमाञ्चल विकास क्षेत्र र मध्यपश्चिमाञ्च विकास क्षेत्रले अङ्क बाँडेका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा वर्षाले दोस्रो इनिङ्सको खेल अवरुद्ध पारेपछि दुवै टोलीले समान एक एक अङ्क बाडेका हुन्।

टस हारेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमलले ४३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनायो। १२४ रनको विजय लक्ष्य पछ्याएको मध्यमाञ्चलले ४ दशमलव २ ओभरमा १ विकेट गुमाएर २३ रन बनाएको थियो। त्यसपश्चात लगातार वर्षा भएपछि खेल रोकिएको थियो। त्यसपछि खेल सुरु हुन सकेन र दुवै टोलीले अङ्क बाँडे।

मध्यमाञ्चलका लागि भूपेन्द्र थापा १० तथा सोनु तामाङ ११ रनमा अविजित थिए। त्यसअघि पहिले ब्याटिङ गरेको मध्यपश्चिमका लागि राजवीर सिंहले सर्वाधिक ६३ रनको योगदान दिए। त्यस्तै प्रनित थापा मगरले २० तथा अमरसिह राउटेलाले १० रन बनाए।

मध्यपश्चिमलाई १२३ रनमा समेट्ने क्रममा मध्यमाञ्चलका किशोर महतो एक्लैले ४ विकेट लिए भने हरिशङ्कर शाहले दुई विकेट लिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.