दर्जनौं गीतसमेत लेखेका थिए कैलाशले

दर्जनौं गीतसमेत लेखेका थिए कैलाशले

काठमाडौं : सेनाको जहाज दुर्घटनामा मृत्यु भएका पाइलट क्याप्टेन कैलाश गुरुङको साहित्यमा समेत औधी रुचि थियो ।अध्ययनमा तेज र मेधावी गुरुङले नेपाली संस्कृति, चाडपर्व, नेपाली सेना र जनतामा केन्द्रित भई दर्जनौं गीत लेख्नुभएको छ ।कैलाशको नेपाली सेनामै सेनानी तहमा कार्यरत पत्नी र दुई छोरी छन् । कैलाशले नेपाली सेनाको बहादुरी र गाथा समेटिएको गीत लेख्नुभएको छ ।

उहाँले नेपाली सेनाका विभिन्न गणका गीत लेख्नुभएको छ । गुरुङका बालसखा कवि एवं प्राज्ञ श्रवण मुकारुङले कैलाश बहुप्रतिभाका धनी, लगनशील र अध्ययनमा अब्बल रहेको बताउनुभयो । 'हामी असाध्यै मिल्ने साथी थियौं ।स्थानीय याङटाङ खोलामा पौडी खेल्न जान्थ्यौं', कवि मुकारुङले स्कुले जीवन सम्झँदै अन्नपूर्णसँग भन्नुभयो, 'पढाइमा कैलाश र मेरो सेकेन्ड÷थर्डमा प्रतिस्पर्धा हुन्थ्यो । कैलाश सेकेन्ड हुँदा म थर्ड । ऊ थर्ड हुँदा म सेकेन्ड । तर हामी कहिल्यै फस्ट हुन सकेनौं।'

भोजपुरको छिनामखुस्थित अन्नपूर्ण माविबाट ०४२ सालमा एसएसली उत्तीर्ण गरेपछि कैलाश उच्च शिक्षाका लागि काठमाडौं आउनुभएको हो ।झन्डै ६ वर्षअघि कैलाशले राष्ट्र र माटोबारे गीतिसंग्रह निकाल्नुभयो । एकै जिल्लाका भए पनि भोजपुर याकुका प्राज्ञ एवं साहित्यकार शशि लुबुम्बू र कैलाशबीच चिनजान भने थिएन । १० वर्षअघि लुबुम्बू र कैलाशबीच चिनजान भयो ।

यी दुईलाई साहित्यले नै नजिक्याएको थियो । 'झन्डै ६ वर्षअघि गुरुङले देश र माटोकेन्द्रित गीतिसंग्रह निकाल्नुभयो । उक्त गीतिसंग्रहको भूमिका लेख्ने जिम्मासमेत मैले पाएँ', साहित्यकार लुबुम्बूले भन्नुभयो । लुबुम्बू सम्झनुहुन्छ, 'उनमा देशप्रेम असाध्यै गहिरो थियो । माटोलाई औधी माया गर्थे । माटोकै बारेमा लेख्न रुचाउँथे।'

कवि एवं प्राज्ञ मुकारुङले भन्नुभयो, 'हामीले एउटा असल साथी गुमायैाँ। देशले एक होनहार सिपाही गुमाएको छ ।'कैलाशले ०६६ मा 'रक्षक' नामक गीतिसंग्रह निकाल्नुभएको थियो । उक्त गीतिसंग्रहको कैलाशले अंग्रेजीमा अनुवाद गराउनुभएको छ । सेनाको कडा जागिरे जीवनबाट फुर्सद मिल्नासाथ उहाँ भोजपुर पुग्नुहुन्थ्यो।

भोजपुरका विभिन्न व्यक्ति पटकपटक मन्त्री र सरकारी उच्च ओहोदामा पुगे पनि सडक नहुँदा गाडी पुगेको थिएन ।रुक्मांगद कटवाल प्रधानसेनापति भएका बेला कैलाशले पहिलो पटक हेलिकोप्टरमा झुन्ड्याएर भोजपुर सदरमुकाममा गाडी पुर्‍याउनुभएको थियो ।

भोजपुरका नेता अजम्बर राई काङमाङले कैलाशलाई सम्झँदै भन्नुभयो, 'उनले भोजपुरलाई ठूलो गुन लगाएर गए । हामी सबैको आग्रह स्विकार्दै कैलाशले हेलिकोप्टरमा झुन्ड्याएर गाडी भोजपुर बजारस्थित टुँडिखेलमा झारे । कैलाशको ऋण तिर्न हामी सक्दैनौं होला ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.