बक्सिङको कार्ययोजना सार्वजनिक

बक्सिङको कार्ययोजना सार्वजनिक

काठमाडौं : नेपाल बक्सिङ संघले आफ्नो भावी कार्ययोजना र कार्यतालिका सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै संघले पछिल्लो कार्यविवरण र आगामी दिनको योजना सार्वजनिक गरेको हो ।संघले सार्वजनिक गरेको नयाँ योजनाअनुसार नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता असारमा हुने भएको छ ।

असारकै पहिलो साता विद्यालयस्तरीय बक्सिङ प्रशिक्षण कोर्स र युथ बक्सिङ कलेजस्तरीय कोर्स हुनेछ । यस्तै राष्ट्रिय युथ च्याम्पियनसिप असोजमा पोखरामा हुने संघका अध्यक्ष राम अवालेले जानकारी दिए । वार्षिक कार्यक्रमअनुसार कात्तिकमा बूढानीलकण्ठ र चैत्रमा झापामा खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता हुनेछ ।

यस्तै सन् २०१८ भित्र आफ्नै एकेडेमी बनाउने घोषणा पनि संघले गरेको छ । यस्तै थाइल्यान्ड, भियतनाम र भारतमा तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । थाइल्यान्डमा जुलाइमा युथ बक्सिङ च्याम्पियनसिप, नोभेम्बरमा भियतनाममा एसियन इलाइट बक्सिङ च्याम्पियनसिप र सेप्टेम्बरमा भारतमा इन्डो नेपाल बक्सिङ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउनेछ ।

संघको प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष अवालेले अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागिताका दौरान उज्वेकिस्तान बक्सिङ संघले बक्सिङ सामग्री दिन लागेको बताए । उनले विभिन्न देशसँग प्राविधिक क्षेत्रमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेको समेत जानकारी दिए ।

गत वर्ष संघले राष्ट्रिय रेफ्री तथा जर्ज रिफ्रेसर, चौथो राष्ट्रिय खुला महिला तथा पुरुष बक्सिङ प्रतियोगिता र प्रथम नोविस च्याम्पियनसिपलगायत कार्यक्रम सम्पन्न गरेको जनाएको छ । जसमा आइबा आईटीओ कोर्स, आइबा युथ च्याम्पियनसिप, आइबा कंग्रेस, थाइल्यान्ड बक्सिङ च्याम्पियनसिप र एसियन बक्सिङ च्याम्पियनसिपलगायतका अन्तर्राष्ट्रिय गतिविधिमा भाग लिएको जनाएको छ । कार्यक्रमका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले संघलाई चाँडै नै वैधानिकता दिने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.