मेसीलाई युरोपियन गोल्डन सु

मेसीलाई युरोपियन गोल्डन सु

बार्सिलोना : युरोपियन गोल्डन सु अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेसीले जितेका छन् । स्पेनिस ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका मेसीलाई सन् २०१६/०१७ को सिजनको अवार्डबाट सम्मानित गरिएको हो । अर्जेन्टिनी राष्ट्रिय टोलीका प्रभावशाली स्ट्राइकर मेसीले अवार्ड पाएको यो चौथो पटक हो । मेसीले जस्तै यस अवार्ड रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पनि चार पटक जितेका थिए ।

स्पेनिस ला लिगामा दोस्रो स्थान हात पारेको बार्सिलोनाका लागि मेसीले जारी सिजनमा ३७ गोल गरेका थिए । उनले बार्सिलोनाका लागि सबै खेलमा गरेर भने ५४ गोल गरेका थिए । युरोपको विभिन्न देशमा आयोजना हुने लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई युरोपियन गोल्डन सु अवार्ड दिने प्रचलन रहेको छ । यस अवार्डका लागि मेसीले सर्वाधिक ७४ अंक पाएका थिए ।

मेसी पछाडि स्पोर्टिङ लिस्बनका बास दोस्त रहे । ६८ अंक पाएका उनले लिगमा ३४ गोल गरेका थिए । बोरुसिया डर्टमन्डका स्ट्राइकर पियरे एमरिक अयुबामेयाङ ३१ गोलका साथ तेस्रो भए । चौथो स्थानमा रियलका क्रिस्टियानो रोनाल्डो रहे । रोनाल्डोले यस सिजनमा २५ गोल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.