चितवनका कविको छैटौं पुस्तक

चितवनका कविको छैटौं पुस्तक

नारायणगढ : कवि धर्मराज अर्यालको नयाँ कवितासंग्रह 'तृष्णा' विमोचन भएको छ । अक्षर समूह चितवनको आयोजनामा कवितासंग्रह विमोचन गरिएको हो ।नेपाली समाज र राजनीतिको ज्वलन्त दस्तावेजका रूपमा अर्यालले 'तृष्णा' कवितासंग्रह निकालेका हुन् ।

चितवनमा रहेर लामो समय पत्रकारिता गरेका अर्यालका कवितामा प्रेम, ईश्वर र समयप्रतिको विद्रोहको भाव समेटिएको छ । चितवनका साहित्यकारले सरल तरिकाले गहन कुरालाई कवितामार्फत प्रस्तुत गर्नसक्ने अग्रणी व्यक्तित्वका रूपमा उनको प्रशंसा र चर्चा गरे ।

साहित्यकार गोविन्दराज विनोदीले 'तृष्णा' कवितासंग्रहका कवितामा देशप्रेम आएको बताए । कवि अर्यालका कविता जीवनजस्तै ज्वलन्त भएको बताउँदै विनोदीले उनका कवितामा मानवता र समृद्ध राष्ट्रको खोजी गरिएको बताए । समालोचक डा. धनेश्वर भट्टराई र समालोचक डा. केशव चालिसेले 'तृष्णा' कवितासंग्रहका सफल र असफल पक्षको चर्चा गरे ।

छैटौं कवितासंग्रहको रूपमा प्रकाशित कविताकृति 'तृष्णा'मा ६१ वटा कविता संकलित छन् । चितवन पोस्ट दैनिकका सम्पादक रहेका कवि अर्यालका यसअघि नै 'प्रतिनिधि कविताहरू' (२०७१), 'अन्तरमनका छालहरू' (२०६९), 'तिम्रा मेरा बातहरू' (२०६०)', 'सिर्जनाका धुनहरू' (२०५६) र 'मातृभूमिको गीत' (२०३६) गरी पाँचवटा कवितासंग्रह प्रकाशित भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.