चुनावमा जान भारतीय राजदूत पुरीको सुझाव
काठमाडौं : भारतीय राजदूत मञ्जीवसिंह पुरीले राष्ट्रिय जनता पार्टीका नेताहरुलाई स्थानीय तहको दोस्रो चरणको चुनावमा सहभागी हुन सुझाव दिनुभएको छ।
पुरीले राजपाका नेताहरुलाई दूतावासमै बोलाएर चुनावमा जान सुझाव दिनुभएको हो । उहाँले निर्वाचनमा जाँदा सहज हुने धारणा राख्नुभएको थियो । र्वाचनलाई आन्दोलनकोरुपमा लैजान राजपाका नेताहरुलाई उहाँको सुझव थियो । दूतावासमा राजपाका अध्यक्ष मण्डलका पाँचजना सदस्यहरु पुगेका थिए ।