संसद बैठक भोलि १ बजेसम्म स्थगित

संसद बैठक भोलि १ बजेसम्म स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि व्यवस्थापिका संसद बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।भरतपुर महानगरपालिकाको मतगणना सुचारु गराउन ध्यानाकर्षण गराउँदै एमालेले बुधबारको व्यवस्थापिका संसद बैठक अवरोध गरेको हो ।

एमालेले संसद अवरोध गरेपछि भोलि जेठ १८ गते बिहीबार १ बजेसम्मका लागि बैठक स्थगित भएको छ । संसदमा बोल्दै नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले भरतपुर महानगरपालिकाको मतगणना पुःन सुचारु गर्न ध्यानाकर्षण गराउनुभएको थियो ।

पाण्डेले भरतपुरमा फेरी चुनाव गराए गलत नजीर बस्ने भएकाले त्यसो नगर्न आग्रह गर्नुभएको थियो । यदी निर्वाचन भए निर्वाचन आयोगले पाँच वर्षसम्म परिणाम नआउने निर्वाचन गराइरहनुपर्ने र हार्ने परिस्थिति आए मतपत्र च्यात्न दल उत्प्रेरित हुने भएकाले घातक हुने बताउनुभयो । च्यातिएका मतपत्र पनि जोडेर हेर्न सकिने आयोगले निर्देशिका बनाएको र त्यसै अनुरुप मतगणना तत्काल सुचारु  गर्न आग्रह गर्नुभयो ।

संसदमा सभामुख ओनसरी घर्तीले प्रतिपक्षको कुरामा आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद अवरोध नगर्न आग्रह गर्नुभएको थियो ।एमालेका नेताहरु उभिएर विरोध जनाइरहेपछि सभामुख घर्तीले संसद बैठक बिहीबारसम्मका लागि स्थगित गर्नुभएको हो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.