काबुलमा भारतीय दूतावास अगाडि शक्तिशाली बम बिस्फोट

काबुलमा भारतीय दूतावास अगाडि शक्तिशाली बम बिस्फोट

काबुल : अफगानिस्तानको राजधानी काबुलमा भारतीय दूतावास लगायत केही विदेशी दूतावास अगाडि शक्तिशाली बम विफोस्ट भएको छ । बुधबार बिहान गराइएको शक्तिशाली आत्माघाती कार बम बिस्फोटमा परी करीब ५० जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको अफगानी अधिकारीहरुलाई उदृत गर्दै अफगानी सञ्चार माध्यामहरुले जनाएका छन् ।

glassबिस्फोटबाट सय मिटर वरपररहेका भवनहरुमा क्षती पुगेको छ, भारतीय दूतावासको झ्यालका सिसाहरु समेत फुटेका छन् । बम बिस्फोट गराइएको स्थल नजिकै भारतीय दूतावासको अलवा जर्मन र इरानी दूतावास समेत रहेको बताइएको छ । आक्रमणकारीले इरानी दूतावासलाई लक्षित गरी बम बिस्फोट गराएको जनाइएको छ।

बम बिस्फोट भएको क्षेत्र काबुलको उच्च सुरक्षा सतर्कता रहने क्षेत्रमा पर्छ । घटनापछि सुरक्षकर्मीले उक्त क्षेत्रलाई घेरामा राखिरहेका छन् । हालसम्म बम हमलाको जिम्मा कसैले नलिएको भएपनि धार्मिक अतिवादीहरूले आक्रमण गरेको अनुमान गरिएको छ । (एजेन्सी)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.