नयाँ शक्ति पार्टीले अधिकांश स्थानमा उम्मेदवार टुंग्यायो
काठमाडौं : असार १४ गते तय गरिएको स्थानीय तहको निर्वाचनका लागि नयाँ शक्ति नेपालले आफ्ना उम्मेदवार तय गरेको छ । नयाँ शक्तिले अछाम, बाजुरा, कञ्चनपुर, अर्घाखाँचीलगायतमा आफ्ना उम्मेदवार टुंग्याएको हो ।
अछाम जिल्लामा रहेका ४ नगरपालिका र ६ गाउँपालिकामा नयाँ शक्तिले आफ्ना उमेदवार चयन गरेको हो । नयाँ शक्तिका नेता शंकर भण्डारीले पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा तिर्थ ढकाल, कमलबजार नगरपालिकाको मेयरमा धनबहादुर थापा, साँफेबगर नगरपालिकाको मेयरमा रविन्द्र शाह र मंगलसेन नगरपालिकाको मेयरमा दीपक रावललाई चयन गरिएको बताउनुभयो । यस्तै रामारोशन गाउँपालिकाको अध्यक्षमा टीकाराम खनाल र तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा दीपेन्द्र चलाउनेलाई चयन गरिएको जनाएको छ ।
त्यस्तै नयाँ शक्तिले बाजुराको बडीमालिका नगरपालिकाको मेयरमा टेक बहादुर बडुवाल र उपमेयरमा सरस्वती थापालाई अघि सारेको छ । त्रिवेणी नगरपालिकाको मेयरमा चक्र थापा तथा उपमेयरमा मीना खड्का र बुढीनन्दा नगरपालिकाको मेयरमा जयप्रसाद जोशी तथा उपमेयरमा मिनु विकलाई उठाउने निर्णय गरेको संयोजक भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी बुढिगंगा नगरपालिकामा भने टुङ्गो लगाउन बाकि रहेको छ ।
नयाँ शक्तिले हिमाली गाउँपालिकाको अध्यक्षमा गैलधन रोकाया र उपाध्यक्षमा रिता रोकाया, स्वामिकार्तिक गाउँपालिकाको अध्यक्षमा अनिता शाही तथा उपाध्यक्षमा लोकेन्द्र बहादुर शाहीलाई उठाउने भएको छ ।
त्यसैगरी पाण्डव गुफा गाउँपालिकाको अध्यक्षमा नरेन्द्र विक तथा उपाध्यक्षमा भिर्खु सार्की, छेडेदह गाउँपालिकाको अध्यक्षमा टेक सार्की तथा उपाध्यक्षमा उमा बि.कलाई छनौट गरेको छ । साथै गौमुल गाउँपालिकाको अध्यक्षमा नवराज जोशी तथा उपाध्यक्षमा जुनकला रोकायालाई छनौट गरेको छ ।
चारवटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेको बाजुरा जिल्लाका सम्पूर्ण नगरपालिका तथा गाउँपालिकामा प्रमुख तथ उपप्रमुख पदको उम्मेदवार चयन गरिएको नयाँ शक्ति प्रदेश नम्बर सातका संयोजक लिला भण्डारीले जानकारी दिनुभयो ।
नयाँ शक्तिले संघीय समाजवादी फोरमले संयुक्त रुपमा घोषणा कञ्चनपुर जिल्लाको स्थानीय तह निर्वाचनको उमेदवार छनोट गरेका छन् । नौ स्थानीय तहको सात नगरपालिका र दुई गाउँपालिका प्रमुख र उपप्रमुखको नामावाली घोषणा गरिएको प्रदेश कार्यालयका सचिव निर्प बोहराले जानकारी दिनुभयो ।
पुनर्वास नगरपालिकामा मेयर सत्यदेवी चापागाईं (नयाँ शक्ति) तथा उप मेयर जगत सायर (नयाँ शक्ति), बेलौरी नगरपालिकामा मेयर अमर बिष्ट (नयाँ शक्ति) तथा उपमेयर गीता चौधरी (नयाँ शक्ति), बेदकोट नगरपालिकामा मेयर जनक सिं साउद (नयाँ शक्ति) तथा उपमेयर मनु चौधरी (संसफो) को नाम घोषणा गरिएको हो ।
त्यसै गरी शुक्लाफाँटा नगरपालिकामा मेयर द्वारिका कुँवर (नयाँ शक्ति ) तथा उप मेयर बिस्ने बोहरा (नयाँ शक्ति), भिमदत्त नगरपालिकामा मेयर(माया नेगि (नयाँ शक्ति) तथा उपमेयर गोमती पुजारा (ससफो) रहेका छन् ।
यस्तै नयाँ शक्तिका यम बहादुर थापा महाकाली नगरपालिकाको मेयर र फोरमकी सरिता सुनारलाई उपमेयरको उमेदवार र कृष्णपुर नगरपालिकाको मेयरमा नयाँ शक्तिका सुन्दर दत्त भट्ट र जमुना रानालाई छनौट गरिएको छ । यस्तै बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नयाँ शक्तिका शेर सिं पुजारा र उपाध्यक्षमा फोरमकी आरती देवी थापालाई छनौट गरिएको बोहराले जानकारी दिनुभयो ।
नयाँ शक्ति पार्टीले अर्घाखाँचीमा स्थानीय तहको निर्वाचनको लागि आफ्नो उम्दवारहरुको नाम सार्वजनिक गरेको छ । सन्धिखर्क, भुमिकास्थान र शितगंगा तिन नगरपालिका सहित मालारानी, पाणिनी र छत्रदेव तिन गाउँपालिका गरि कुल ६ स्थानीय तहमा आफ्नो उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको जिल्ला संयोजक गोकर्ण थापाले जानकारी दिनुभयो ।
सन्धिखर्क नगरपालिकाको मेयरमा यमुना भुषाल तथा उपमेयरमा टोकबहादुर बलाल, शितगंगा नगरपालिकाको मेयरमा योगेश्वर गिरी तथा उपमेयरमा पेमी गुरुङ र भुमिस्थान नरपालिकाको मेयरमा प्रेम बञ्जाडेको नाम सार्वजनिक गरिएको हो ।
त्यस्तै मालारानी गाउँपालिकाको अध्यक्षमा जिन्दक खड्का र उपाध्यक्षमा उषा पुरी थापाको उम्मेदवारी रहने भएको छ । यता पाणिनी गाउँपालिको अध्यक्षमा माधव पोखरेल तथा उपाध्यक्षमा लिलावति पाण्डे घिमिरे र छत्रदेव गाउँपालिकाको अध्यक्षमा उज्वल शाहको उमेदवारी रहने संयोजक थापाले जानकारी दिनुभयो।