पैसा नलाग्ने नम्बरमा फोन गर्नुस् पुनर्निर्माण सम्बन्धी जानकारी लिनुस

पैसा नलाग्ने नम्बरमा फोन गर्नुस् पुनर्निर्माण सम्बन्धी जानकारी लिनुस

काठमाडौँ : निजी आवाससम्बन्धी कुनै गुनासो छ ? पुनर्निर्माणसम्बन्धी कुनै जानकारी चाहिएको छ ? त्यसो हो भने अब पैसा नलाग्ने (टोल फ्री) सेवा उपयोग गर्नुस् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यस्तो सेवा बुधबारदेखि सुरु गरेको हो । अब भूकम्पपीडितलाई आवास निर्माण तथा पुनर्निर्माणसम्बन्धी कुनै जानकारी चाहिए तथा गुनासो गर्नुपरे प्राधिकरणको हेल्पलाइनमा फोन गर्न सक्नेछन् ।
एनटिसी प्रयोगकर्ताले १६६०–०१–७२००० र एनसेल प्रयोगकर्ताले ९८०१५–७२१११ मा फोन गर्दा आवश्यक जानकारी पाउनेछन् । इच्छुकले गुनासो दर्ता गरेको भोलिपल्ट जवाफ पाउनेछन् । प्राधिकरणका तर्फबाट प्रश्नकर्तालाई फोन जानेछ ।
यो सेवा २४ सै घन्टा उपलब्ध छ ।
सो सेवाको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेलले नमूना गुनासो गरी शुभारम्भ गर्नुभएको हो । पोखरेलले पहिलो किस्ता लिइ मापदण्डअनुसार जग हालेको तर दोस्रो किस्ता लिने प्रक्रिया पुरा गर्नका लागि कोही पनि अवलोकन गर्न नआएको नमूना गुनासो गर्नुभएको थियो ।
सेवा उद्घाटन गर्दै डा.पोखरेलले यो सेवा लाखौँ भूकम्पपीडितका लागि अत्यन्त उपयोगी हुने बताउँदै यसले पुनर्निर्माणमा सहयोग गर्ने बताउनुभयो । उहाँले यसले पीडित तथा प्राधिकरणबीच दुईतर्फी संचारमा मद्दत गर्ने पनि विश्वास व्यक्त गर्नुभयो ।
यो सेवा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको आर्थिक तथा प्राविधिक सहयोगमा यो सेवा सुरु भएको हो । शुभारम्भ कार्यक्रममा यूएनडीपीकी नेपाल उपनिर्देशक सोफी केम्खाड्जेले यस्तो सेवाले प्राधिकरणले स्थानीय स्तरको अवस्था थाहा पाउन सहयोगी हुने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.