काठमाडौंका जनप्रतिनिधिले गरे शपथग्रहण

काठमाडौंका जनप्रतिनिधिले गरे शपथग्रहण

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ।

काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण एवम् शपथग्रहण समारोहमा प्रमुख पदमा निर्वाचित विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र ३२ वटै वडाका वडा अध्यक्षले शपथग्रहण गर्नुभएको हो।

प्रमुख र उपप्रमुखलाई कामपाको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले र वडा अध्यक्ष र सदस्यहरुलाई प्रमुख शाक्यले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो। प्रमुख, उपप्रमुख दुवै जनाले नेपाली र नेपाल भाषामा शपथ लिनुभएको छ।

कार्यक्रममा प्रमुख शाक्यले निर्वाचनअघि जनतालाई दिएको वचन पूरा गर्नका लागि सबै दलसँग मिलेर काम गर्ने बताउनुभएको छ। उहाँले सुन्दर, समृद्ध र जीवित महानगर स्थापित गर्नु नै आफ्नो कार्यकालको प्रमुख काम रहेको बताउँदै महानगरलाई हेर्नलायक मात्र होइन, बस्नलायक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उपप्रमुख खड्गीले राजधानीलाई बस्नयोग्य बनाउनु आफ्नो पहिलो कार्य रहेको भन्दै कामपामा रहेका धार्मिक सम्पदाको संरक्षण गरी पर्यटकीयस्थल बनाउन सबै नगरवासीसँगको सहकार्य निरन्तर आवश्यक पर्नेमा जोड दिनुभयो।

कामपाको मुख्य निर्वाचन अधिकृत अधिकारीले निर्वाचनको अवधिभर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै नवनिर्वाचित जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामना दिनुभयो।

कामपाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरवासीको सुन्दर सपना पूरा गर्नका लागि नगरवासीले जनप्रतिनिधि चुनेको हुनाले सोहीअनुरुप कार्य गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

नवनिर्वाचित प्रमुख उपप्रमुखले आजै पदभार ग्रहण गर्नुहुने छ र त्यसपछि नगरसभाको पहिलो बैठक बस्नेछ। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.