भारतपुरमा च्यातिएको मतपत्रको रेकर्ड पठाउन निर्वाचन आयोगको निर्देशन

भारतपुरमा च्यातिएको मतपत्रको रेकर्ड पठाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले चितवनको भरपुर महानगरपालिका १९ नम्बर वडाको मतगणनाको विवादका कारण च्यातिएको मतपत्रको रेकर्ड पठाउन निर्देशन दिएको छ।

छानबिन समितिले मतपत्र च्यातिएको स्थान अर्थात् मतगणना स्थलको प्रत्यक्ष निरीक्षण नगरेको भन्दै आयोगले भरतपुर महानगरका मुख्य निर्वाचन अधिकृतलाई त्यहाँको रेकर्ड पठाउन निर्देशन दिएको आयुक्त नरेन्द्र दाहालले अन्नपूर्णलाई जानकारी दिनुभयो।

आयोगले थप रेकर्ड आएपछि मात्र निर्णय गर्ने भएको छ। भरतपुर महानगरको १९ नम्बर वडाको मतगणना प्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलका लागि बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

निर्वाचन आयोगले विज्ञप्ति सार्वजनिक गर्दै च्यातिएको मतपत्रको संख्यासहित पूर्ण विवरण ल्याउनु निर्देशन दिएको छ।

निर्वाचन आयोगले विज्ञप्तिमा भनेको छ, ‘शिलबन्दी भएको पोको पयाप्त सुरक्षा व्यवस्थासहित सम्भव भएसम्म भरतपुर महानगरपालिकाका प्रमुख, उपप्रमुख र सम्बन्धित वडामा उम्मेदवारी दिएका उम्मेदवार वा निजका एकएक जना प्रतिनिधि, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुख समेतको रोहवरमा खोली गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिइ नोक्सान भएका पतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृत, भरपुर महानगरपालिका चितवनलाई लेखी पठाउनु।’
आयोगको विज्ञप्तिको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.