पराजुलीलाई रोक्न रिट

पराजुलीलाई रोक्न रिट

काठमाडौं :  सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश हुनबाट रोक्न माग गर्र्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । रिटमा बिहीबारै सुनुवाइका लागि पेसीसमेत तोकिएको छ ।

बनेपा निवासी अधिवक्ता विकास गिरीद्वारा पेस भएको उक्त रिट कार्यालय समय सकिनुभन्दा केहीअघि सर्वोच्च प्रशासनमा दर्ता भएको थियो । पराजुलीको एसएलसीको शैक्षिक प्रमाणपत्र र उमेरका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा रिट दर्ता गरिएको छ । पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस रोक्न, संसदीय सुनुवाइ नगर्न र नियुक्ति नदिन गिरीले संवैधानिक परिषद्, सुनुवाइ समिति र राष्ट्रपतिका नाममा अन्तरिम आदेशको माग गर्नुभएको छ।

रिटमा साउन २१ गते अवकाश मिति कायम गरी अवकाशको जानकारी दिन न्यायपरिषद्का नाममा परमादेशसमेत माग गरिएको छ । पराजुली ०४८ साल कात्तिक १८ गते पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको हो । जेठ २४ मा प्रधानन्यायाधीश कार्कीले अवकाश लिएपछि पराजुली उहाँको उत्तराधिकारी बन्ने निश्चित भएका बेला यस्तो रिट आएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.