शितलताको मज्जा चिसो पेयमा

शितलताको मज्जा चिसो पेयमा

टौदहकी बेन्जु खड्का कोल्ड ड्रिङक्सकी पारखी हुनुहुन्छ । शिक्षण पेशामा आवद्ध उहाँको पानीपछिको सबैभन्दा बढी रुचिको पेय पदार्थ नै कोक, फ्यान्ट, स्प्राइट र ड्यु हो । जाडो महिनामा कम प्रयोग हुने यी पदार्थ गर्मी मौसम सुरु हुन थालेपछि उनको भान्छामा दिनहुँ पुगेको हुन्छ । हरेक चाडबाड, विदाको दिन र साथीभाईको जमघट हुँदा ठूलो साइजको जम्मो बोतलको प्रयोग गर्नुहुन्छ ।

साथिभाईसँग घरबाहिर जाँदा होस् वा एक्लै काम निष्कदा पनि उनले पेय पदार्थको रूपमा कोक तथा फ्यान्टा नै प्रयोग गर्ने गर्नुभएको छ । उहाँको बुझाइ छ घरबाट बाहिर निस्कादा पानी निकै कम पिउने र त्यसको लागि पनि चिसो नै पिउँने उहाँको भनाइ छ । चिसो जति खादाँपनि कुनै असहजता नहुने भएकोले शरीरलाई शितलता प्रदान गर्न आफ्नो अनुकुल समय मिलाएर पिउने गरेको खड्का बताउनुहुन्छ ।

लाजिम्पाटका सन्तोष पोख्रेल पनि चिसो पेय पदार्थका निकै शौखिन व्यक्ति हुनुहुन्छ । उहाँले गर्मी मौसममा एकैदिन दुई लिटरसम्म पनि चिसो पिउँनुभएको छ । एक्लै हुँदा रिफ्रेस हुन, गर्मी मौसममा क्षणिक शितलता लिन, साथिभाइसँगको जमघटमा चिया पिउँने नेपाली कल्चरको विकल्पका रूपमा चिसो पिउँने गरेको पोख्रेल बताउनुहुन्छ । उहाँलाई पनि कोक, फ्यान्टा, पेप्सी, माउन्टेन ड्यु, मिरिन्डा, सेभेन अप निकै मन पर्छ ।

साथीभाईसगँ हुँदा धेरैजसो कोकाकोला वा ड्यु पोख्रेलको रोजाई हुन्छ । अन्य समय जुनसुकै चिसोको अफर गर्दा वा अर्डर गर्दा पनि उनलाई कुनै समस्या नहुने दाबी पोख्रेलको छ । ‘कुन बेला मुड चल्छ र कति बेला चिसो पिउँछु थाहै हुँदैन, काम गर्दागर्दै उठेर चिसो पिउने र साथीसँग भेट हुँदा वा कसैको पर्खाइमा पनि चिसो नै पिएर समय विताउने गर्छु', पोख्रेलले भन्नुभयो । उहाँका अनुसार मलाई पानीको विकल्प नै चिसो जस्तो लाग्छ । गर्मी मौसममा चिसोबाट पानीको मात्रा पूरा भइरहेकोले पनि पानी कमै मात्रामा पिउने गरेको पोख्रेलले बताउँनुभयो ।

खड्का र पोख्रेल जस्तै लाखौं नेपालीको रोजाईमा चिसो पेय पदार्थ पर्ने गरेको छ । गर्मी मौसममा शितलता प्रदान गर्ने, मदिरा सेवा नगर्नेका लागि उपयुक्त विकल्प भएकोले पनि यसको प्रयोग बढ्दै गएको छ । होटल तथा रेस्टुराँमा जाने हरेक ग्राहकले कुनै नै कुनै चिसो पेय पदार्थ लिने गरेका छन् ।

मदिराको विकल्प चिसो पेय

गर्मी मौसममा रेष्टुरेन्ट तथा खाजा घरमै पुगेका ग्राहकको पहिलो अर्डर नै चिसो पेय पदार्थबाट हुने रेष्टुरेन्ट एन्ड बार एसोसिएशनका अध्यक्ष प्रमोद जैसवालले बताउनुभयो । लैनचौरस्थित मेला रेस्टुरेन्टका प्रवन्ध निर्देशकसमेत रहनुभएका जैसवालका अनुसार सबै ग्राहकले मदिरा नै सेवन गर्छन भन्ने हुँदैन, उनिहरूले मदिराको विकल्पमा रेस्टुरेन्टमा हुने विविध कार्यक्रममा कोकाकोला, फ्यान्टा, जुससहितका चिसो पदार्थ रूचाउने गर्छन् । रेस्टुराँमा विक्री हुने चिसो पदार्थको हिस्सा उल्लेख्य हुने गरेको बुझाई उहाँको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०६८ मंसिर १७ देखि मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालकलाई कारबाही सुरु गर्न थालेपछि केही समय रेस्टुराँको व्यापारमा नै कमी आएको थियो । ग्राहकको टे«ण्ड विस्तारै परिवर्तन आयो । मापसेको विकल्प चिसो पेय पदार्थ पनि हुन पुग्यो, जैसवालले भन्नुभयो । उहाँका अनुसार यो सँगै पारिवारिक वातावरणरमा रमाउने ग्राहक तथा परिवारसहित रेस्टुँरा आउनेले पनि चिसो पेय पदार्थ नै रुचाउँछन् । जसको कारण व्यापार पनि बढ्दै जान थाले भने ग्राहहको प्रवित्ति पनि परिवर्तन भएको बुझाई जैसवालको छ ।

आवश्यकता अनुसारको बजार बढाउँदै पेप्सी

बजारमा आएका विभिन्न पोडक्टमध्ये चिसोको रूपमा ग्राहकले हरेक प्रडक्टलाई उत्ति नै मन पराएको पेप्सीका बजार निर्देशक शुशील तुलाधर बताउँनुहुन्छ । उहाँका अनुसार ग्राहकलाई कम्पनी र कम्पनीको प्रडक्मा प्रशस्तै च्वाइस दिइएको छ । पेप्सीले बजारमा मिरिन्डा, सेप अफ, माउन्टेन ड्यु, स्लाइससहितका चिसो पदार्थ विक्री वितरण गर्ने गरेको छ । यी मध्ये ग्राहकको पहिलो रोजाई पेप्सी रहेको छ । त्यसपछि यो कम्पनीको दोस्रो बजार हिस्सा बनाउन सफल पछिल्लो प्रडक्ट माउन्टेन ड्यू हो । सन् १९८६ देखिको उत्पादन सुरु भएको पेप्सीले ल्याएका मध्ये कान्छो प्रडक्ट ड्यू हो । यसैको मार्केट पनि निकै राम्रो भएको दाबी तुलाधरको छ ।

बजारमा आएको ड्युले ग्राहक आकर्षण गर्नुको कारण यसको स्वाद र आकर्षण नै भएको बुझाई पनि उहाँको छ । काठमाडौंको बजारमा सबैभन्दा बढी प्रयोग हुने चिसो पेय पदार्थमध्येको बलियो उपस्थित पेप्सीको रहेको छ । बजारमा कोकाकोलाको उत्पादको बजार ५५ प्रतिशत र पेप्सीको उत्पादनको बजार हिस्सा ४५ प्रतिशत रहेको दाबी सम्बन्धित कम्पनीले गर्दै आएका छन् ।

चिसो पेय पदार्थको रूपमा पेप्सी र कोकाकोलाको उत्दानका प्रडक्टबीच बजारमा चर्को प्रतिस्पर्धा हुने गरेको छ । त्यसो त उपभोक्ताले पनि प्रतिस्पर्धात्मक बजारले गर्दा सस्तो, गुणस्तरीय र सबै स्थानमा सेवा पाएका छन् । सहरमा मात्रै नभएर चिसो पेय पदार्थ देशका हरेक कुनाकाप्चासम्म पुगेको छ । सवारी साधान पुग्ने ठाँउमा सहजै पुग्ने यी पेय पदार्थ बोकेर पनि सवारी साधान नपुग्ने ठाउँमा पुग्ने गरेको छ । चिसो पेयको बजार हिमाल, पहाड तराईसम्म नै व्यापक रूपमा फैलिइरहको छ ।

विशेष गरी चिसो पेय पदार्थले चाडबाड र गर्मी समयको लागि दृष्ट्रिगत गरेर नयाँ उत्पादन ल्याउने, बजार रणनीति नयाँ प्रयोग गर्ने र स्कीम ल्याउने पनि गरेका छन् । कम प्रयोग हुने जाडो समयमा यस्ता पदार्थले आफ्नो बजार रणनीति बनाउने र उत्पादन गरेर स्टोर गर्ने गरेका छन् । जब गर्मी मौसम सुरु हुन्छ तब बजारमा धमाधम पठाउने पनि गर्छन । चिसोको बजार उपत्यका र बाहिरका सहर तथा हरेक गाँउ र ठाँउ हुन । तुलनात्मक रूपमा काठमाडौंमा धेरे जनसंख्या रहेको, खर्च गर्ने क्षमता बढी भएको र प्रयोग पनि धेरै हुने भएकोले कुनै पनि चिसोको ३० प्रतिशत बजार हिस्सा काठमाडौं उपत्यका नै हुने गरको छ ।

आफ्नो बलियो बजार हिस्सा बनाउँन सफल कोकाकोलाका अनुसार बैशाखदेखि असारसम्मको व्यापार चिसो पेय पदार्थको प्रमुख मौसम हो । जति धेरै गर्मी मौसम बढ्दै जान्छ , उति नै चिसो पेय पदार्थको खपत पनि बढ्ने गर्छ । सडक पहुँच सहजै भएको ठाँउमा प्रायः उस्तै मूल्य हुन्छ भने बोकेर लाने ठाउँमा अलि बढी शुल्क पर्ने भएपनि सबैतिर उपलब्ध भने हुने गरेको छ ।

प्रमुख बजार हिस्सा ओगट्दै कोकाकोला

कोकका अनुसार लामो समयसम्मको सेवा र अन्तर्राष्ट्रिय ब्राण्ड भएकोले बजारमा नयाँ अनुसन्धान गर्न र कुनै रणनीति बनाउन नै आवश्यक छैन । कुनै गतिविधि भइरहेको छ भन्नको लागि बेलाबेलामा स्कीम चलाउनेअभियान पनि हुने गरेको कोकाकोला कम्पनीका एक अधिकारीले बताए ।

कोकाकोलाले गत वर्ष सञ्चालन गरेको मम उत्सव, आमा, दिदी, साथी, परिवारको अभियान यो वर्ष पनि चालू रहेको छ । हरेक वर्ष नयाँ स्कीम आउँछ नै भन्ने त छैन । तर, पनि यसले आवश्यकता अनुसार अभियान सार्वजनिक गर्ने गरेको पनि कोकाकोलाले जानकारी दिएको छ । चिसो भनेकै कोकाकाला, खाजा जे होला चाहिन्छ कोकाकोला जस्तो प्रवद्र्धनात्मक अभियानले पनि निकै राम्रो प्रभाव परेको दाबी कोकाकोलाका एक बजार निर्देशकले बताए ।

नेपालमा विदेशी ब्राण्ड भित्र्याउँदा कोकाकोला तथा पेप्सीले प्रति बोतलकै दरमा रोयल्टी पनि तिर्नुपर्छ । यस्तो रोयल्टी सबै प्रकारको विदेशी ब्राण्डको पेय पदार्थमा सम्बन्धित कम्पनीतले तिर्दै आएको राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक चित्राङ्गत बरालले बताउनुभयो । उहाँका अनुसार कोका तथा पेप्पीमा यस्तो शुल्क विदेशी ब्राण्डका मदिराको तुलनामा कम हुने गरेको भएपनि नेपालबाट बाहिरीने यस्तो शुल्क भने उल्लेख्य नै हुने गरेको छ ।

किन खपत बढ्छ चिसो पेय पदार्थको ?

गर्मीको समयमा सबैभन्दा बढी खपत हुने बस्तुमा चिसो पेयपदार्थ पहिलो नम्बरमा आउँछ । सफ्ट ड्रिङक्स, इनर्जी ड्रिङक्स, बियर, प्रशोधित पानीसहितको चिसोको प्रयोग गर्मी मौसममा अधिक हुने गरेको छ । गर्मीयाममा हुने अल्छी र आलस्यता हटाउन, तनाबमा हुने कामलाई रिफ्रेश गर्न तथा खानाको पाचन प्रक्रिया सहज बनाउन पनि चिसो पेय पदार्थको प्रयोग हुने भएकोले बजारमा यसको खपत बढेको हो ।

हल्क पेय पदार्थको रूपमाप्रयोग हुने चिसो गर्मीमा तीर्खा मोटाउने उत्कृष्ट विकल्प पनि हो । नेपालमा बोटलर्स नेपाल, बरुण वेभरेज, डाबर नेपाल, चौधरी ग्रुप, दुगड फूड एण्ड वेभरेजलगायतका कम्पनीबाट चिसो पदार्थको उत्पादन विक्री वितरण भइरहेको छ । यस्ता पेय पदार्थमा प्रचलित भएका कोकाकोला, फ्यान्टा, मिरिन्डा, पेप्सी, ड्यु, सेभेन अप, स्लाइस, स्प्राइट, रियल जुस, रियो, फ्रुटीसहितका हल्का पेय पदार्थ रहेको छन् । यी पेय पदार्थमा पिँउदा गुलियो स्वादमा हुने भएपनि शरिरमा खासै हानी गर्ने पदार्थ भने हुँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.