समर वेयरमा डिस्काउन्ट अफर

समर वेयरमा डिस्काउन्ट अफर

प्रेसिल तामाङले जमलमा फेसन फर एभर नेपाल, एन्जल्स स्टोर खोल्नुभएको करिव एक वर्ष भयो। विश्व मलको दोस्रो तल्लामा रहेको उनको पसलमा थाइल्याण्डको राजधानी बैंककबाट ल्याएका कपडाहरु बिक्रि वितरण गरिन्छ।

पसलमा फ्लेरल ड्रेस, म्याक्सी ड्रेस, वन पिस, गाउनलगायतका महिलाका पोशाकहरु पाइन्छन्। वन पिसको आठ सय ५० देखि १७ सयसम्म पर्छ भने म्याक्सी ड्रेस दुई हजारसम्म पर्ने पनि छन्। त्यसैगरी विवाह तथा पार्टिमा लगाउने 'हेभी' गाउँनहरु तीन हजारदेखि १० हजारसम्म पर्ने पनि छन्। पसल खोलेको एक वर्ष मात्रै भए पनि उहाँले अनलाइनमार्फत पोशाकको विक्रि वितरण गर्न थालेको दुई वर्ष भइसक्यो।

यो सिजनमा अहिलेसम्म कुनै छुट अफर नभएपनि चाडै नै ५० प्रतिसतसम्म छुट दिने सोच उहाँको छ। अनलाइनमा राखिएका सामानमा कसैले रंग मननपराएका कारण रहिरहेको छ भने तीनलाई आधा छुटमा दिने उहाँले बताउनुभयो। छुट दिएर ग्राहकलाई आफ्नो पसलमा तान्नुभन्दा पनि स्टक नबसोस् भनेर यसो गरेको उहाँले प्रष्ट्याउनुभयो।

आफूहरुले अनलाइनमा धेरै पहिले नै ती सामानको मुल्य तोकिसकेकाले छुट दिनेबेलामा मुल्य थपेर फेरि छुट दियो की भन्ने भ्रमबाट पनि ग्राहक बच्न सक्ने उहाँको भनाई छ। करिव आठ वर्षदेखि कपडाकै काम गरेका बाबुराम रायमाझीले विगत ६ वर्षदेखि बागबजारमा स्मार्ट कलेक्ट फेसन वेयर संचालन गरेका छन्। स्वेदमै निर्माण भएका महिला र पुरुषका फ्यान्सी लुगाहरु उहाँको पसलमा किन्न पाइन्छ।

अहिले गर्मीको मौसममा विशेषगरी ओपन सोल्जर, टिसर्ट, नीकट प्यान्ट, पेपर विन्ड चिटरआदि बढी विक्रि हुने उहाँले बताउनुभयो। उहाँका पसलमा आउने धेरै मानिसले पनि छुट खोज्छन्। तर उहाँले कुनै पनि सामानको दोब्बर मुल्य लगाएर त्यसमा ५० प्रतिसत छुट दिन आफूलाई मन नलाग्ने बताउनुभयो। ग्राहकको चित्त बुझाउनका लागि उहाँले आफूले बढाएको करिव ५०,६० रुपैंया नै सामानमा छुट दिने गर्नुभएको छ।

पसलमा सेल राख्नका लागि उहाँकहाँ सामानको स्टक कहिले पनि रहेको छैन। कहिलेकाहीँ साइज नमिलेर वा रंग नरुचाइएर एक दुई पिस बाँकी रह्यो भने किनेकै मुल्य वा मुल्य घटाएर पनि विक्रि गर्ने गरेको उहाँले सुनाउनुभयो। मध्यम बर्गिय परिवारलाई लक्षित गरेर खोलिएको उहाँको पसलमा करिव दुई सय ५० देखि दुई हजारसम्मका लुगा पाइन्छन्।

कुमारीपाटीस्थित गुडविल ट्रेड लिंकमा हाल पुराना सामानमा करिव ३० प्रतिसत र नयाँमा २० प्रतिसतसम्मको छुट दिने ब्यवस्था गरिएको छ। विशेषगरी महिलाका पोशाक र घरका सामान पाइने उक्त पसलकी संचालिका इच्छा राई (शाक्य) सामानमा डिस्काउन्ट दिनु अहिलेको ट्रेन्ट नै भइको स्विकार्नुहुन्छ। ग्राहक आउँदा सकेसम्म फर्कन नपरोस् भनेर उहाँले पनि आफ्नो पसलमा यति धेरै डिस्काउन्ट अफर राख्नुभएको हो।

यसले ग्राहकमाझ नयाँ सामाग्रि पुर्‍याउनुको साथै पसलको विक्रि बढाउन पनि मदत गर्ने उहाँको बुझाई छ। कुमारीपाटीमै रहेको इडिटमा प्यान्ट र टिसर्टमा ३० देखि ४० प्रतिसतसम्म डिस्काउन्ट राखिएको त्यहाँका सेल्स ब्यायले जानकारी दिनुभयो। इडिटमै रहेको किलोमिटर ब्रान्डका पहिरनमा भने कुनै छुट रहेको पाइन्न। बिश्वमै चर्चित ब्रान्ड रिबोकलाई स्पोर्ट्स प्लाजा प्रालिले ग्राहकमाझ पुर्‍याउने गरेको छ।

कम्पनीका काठमाडौंमा केएल टावर, कुमारीपाटी, सिभिल मल, वल्र्ड ट्रेड सेन्टर, दरवारमार्गलगायतका आठ वटा आउटलेट रहेका छन्। स्पोर्ट्स लाइफ स्टायल ब्रान्डको रुपमा परिचित बेलायती कम्पनी रिबोकका जुत्ता, टिसर्ट, ब्याग, क्यापलगायता सामाग्रि उपलब्ध छन्। स्पोर्ट्स प्लाजाले अमेरिकी ब्रान्ड लि जिन्सको पनि बिक्री गर्ने गरेको छ। क्याजुयल लाइफस्टायल ब्रान्ड लि जिन्सको कलरफुल कलेक्सन ग्राहकमाझ ल्याएको छ।

कम्पनीले इटालियन स्पोर्ट्स ब्रान्ड फिलाको पनि उत्पादन पनि ल्याउने तयारी गरेको छ। अहिले सबै ब्रान्डको पिक सिजन भएकाले पछिल्लो समर कलेक्सन पाइने जेनेरल म्यानेजर दिलिप केसीले बताउनुभयो। रिबोकका बाँकी रहेका स्टक जुत्ताहरुमा अहिले ५० प्रतिसतसम्म डिस्काउन्ट अफर राखिएको छ। तर नयाँ आएका डिजाइनमा भने छुटको ब्यवस्था छैन।

शोरुममा आउने ग्राहकहरुमध्ये ६० प्रतिसत नियमित ग्राहकहरु नै हुने भएकाले उनीहरुलाई कुन जुत्ता वा लुगाको मुल्य कति भन्ने थाह हुने भएकाले मुल्य बढाएर छुट राख्न नमिल्ने बताउँदै केसीले भन्नुभयो, ‘अरु बेलामा फिक्स प्राइस हुने भएकाले हाम्रो ब्रान्डमा सेल कहिले लाग्ला भनेर मानिस कुरेर बस्छन्। त्यसैले सेल लागेको बेलामा विक्रि बढ्ने त भयो नै।'

अर्को लोकप्रिय ब्रान्ड एडिडासको पुतलिसडकस्थित शोरुममा ५० देखि ७० प्रतिसतसम्मको डिस्काउन्ट अफर राखिएको शोरुमका कर्मचारी संजय महर्जनले बताउनुभयो। उहाँका अनुसार बजारमा चलनचल्तीको फेसनबाट हराइसकेका सामाग्रिमा छुट दिने गरिएको छ। महिला पुरुष दुवैका पोशाक पाइने एडिडास ब्रान्डका जुत्ताहरु, विन्ड चिटर, ट्राउजर, हाफ प्यान्ट, फुटबल जुत्ता आदि बढी लोकप्रिय रहेका छन्।

दसैं ताका धेरै नै मात्रामा सेलमा राख्ने गरेको बेन्ट्लेले अहिले लेडिज ब्याग र जुत्तामा मात्रै २० देखि ३० प्रतिसतसम्म छुट राखेको त्यहाँका सेल्समेन हरिहर न्यौपानेले जानकारी दिनुभयो। सिंगापुरबाट आउने नाइकका उत्पादनमा सेलमा राखिएका केही सामाग्रीमा मात्रै २५ देखि ३० प्रतिसतसम्म छुट दिइएको छ। यी बाहेक अन्य कुनै पनि सामाग्रिमा छुट नरहेको र दसैंको अवसरमा मात्रै ४० प्रतिसतसम्म छुट हुने गरेको दरवारमार्गस्थित शोरुमका क्यासियर राजेन्द्र रेवारले बताउनुभयो। अहिले गर्मीका पहिरन छान्ने 'पिक सिजन' नै हो भन्दा अन्यथा नहोला।

आफ्ना लागि गर्मीका लुगा खोज्न हिँड्ने ग्राहकका लागि कहाँ कति प्रतिसत छुट दिइएको छ भन्ने थाह पाउँदा किनमेल गर्न झनै सजिलो हुन्छ। अहिले बजारमा रहेका सामान्य पसलदेखि ठूलठूला शोरुमहरुमा समेत केही न केही प्रतिसत छुट दिइएको देखिन्छ। त्यसैगरी शहरमा रहेका ठूला मलहरु र सपिङ सेन्टरमा पनि ठूला अक्षरमा डिस्काउन्ट अफर लेखिएर टाँसिएको देख्न पाइन्छ।

यसरी डिस्काउन्ट अफरको पछाडि दौडदा ब्रान्डेड सामाग्रिमा त ग्राहकलाई फाइदै होला। तर छुट पायो भन्दैमा जुनसुकै पसलमा गएर पोशाक कि


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.