नेपाली फुटबलको प्रत्यक्ष प्रसारण अब एपी वान टेलिभिजनमा

नेपाली फुटबलको प्रत्यक्ष प्रसारण अब एपी वान टेलिभिजनमा

 काठमाडौं : नेपाली फुटबल खेलको प्रत्यक्ष प्रसारण अबदेखि एपीवान एचडी टेलिभिजनले गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र एपी वान एचडी टेलिभिजनबीच बिहिबार प्रसारण संझौता पत्रमा हस्ताक्षर भएको छ । संझौता पत्रमा एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ र एपी वान एचडी टेलिभिजनका प्रवन्ध निर्देशक लक्ष्मी प्रसाद पौडेलले हस्ताक्षर गर्नु भयो ।

संझौता अनुसार एपी वानले प्रसारण सहित फुटबलको मार्केटिङ र प्रायोजनको अधिकार समेत प्राप्त गरेको छ । जसका लागि एपी वानले एन्फालाई फुटबल खेलको विकास र विस्तार गर्न बार्षिक एक करोड ७५ लाख रुपैयाँ प्रदान गर्नेछ ।


उक्त संझौता तीन बर्षका लागि भएको एपी वान एचडी टेलिभिजनका प्रवन्ध निर्देशक लक्ष्मी प्रसाद पौडेलले बताउनुभयो । ‘नेपाली फुटबलको प्रतक्ष प्रसारण सहित मार्केटिङ र स्पोनसरसिपको अधिकार हामीलाई प्राप्त भएको छ । एन्फासँगको यस संझौता फुटबल खेलका लागि नयाँ कोढेटुङ्गा हुनेछ । एपी वान एचडीले नेपाली दर्शकको इच्छालाई समेट्ने प्रयास गर्नेछ । हामी टेलिभिजन मार्फत खेलकुदको जमातलाई जोड्ने प्रयास गर्नेछौं,’ पौडेलले भन्नुभयो । उहाँले एन्फासँगको संझौलालाई एक अवसरको रुपमा लिंदै दर्शकलाई गुणस्तर सहितको फुटबलको स्वाद चखाउने प्रतिबद्धता पनि जनाउनुभयो ।

संझौता अनुसार एन्फाले कम्तीमा बार्षिक ३० वटा राष्ट्रिय स्तरको फुटबल खेल सञ्चालन गर्नुपर्नेछ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको प्रतक्ष प्रसारण गर्ने अधिकार समेत एपीवानलाई हुनेछ । तर अन्तर्राष्ट्रिय खेलको मार्केटिङको अधिकार भने फिफा र एफसीमै सिमिति हुने बताईएको छ ।


यसैगरी एन्फाका अध्यक्ष श्रेष्ठले एपी वान एचडीसँगको संझौता नेपाली फुटबलका लागि नयाँ आयाम भएको बताउनुभयो । ‘एन्फाका लागि यो वीनवीनको क्षण हो । हामीले यसलाई सुखद दिनको रुपमा लिएका छौं । यस संझौताले नेपाली फुटबलले आगामी दिनमा थप गति लिन सहयोग गरेको छ,’ श्रेष्ठले भन्नुभयो । नेपालको एउटैमात्र दशरथ रंगशाला भूकम्पपछि लथालिङ्ग भएको अवस्थामा फुटबल खेललाई चलायमान बनाउने एन्फाको प्रयास जारी रहेको पनि श्रेष्ठले स्पस्ट पार्नुभयो ।


‘सन् २०१७ र २०१८ नेपाली फुटबलका लागि निकै ब्यस्त हुनेछ । हामी प्राविधिक कारणले रोकिएको ‘ए’ डिभिजन लिगको खेल तालिका छिट्टै तयार गर्दैछौं । आगामी दिनमा नेपालमा युवा, महिला र सिनियर स्तरको ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता समेत सञ्चालन हुँदैछ । एन्फाले शसस्त्र प्रहरी बल (एपीएफ) सँगको सहकार्यमा हल्चोक स्थित एपीएफ मैदानमा फुटबलका गतिविधि सञ्चालन गर्नेछ,’ श्रेष्ठले भन्नुभयो ।


एन्फाले आयोजना गरेको प्रतियोगिता बाहेक मोफसलमा सञ्चालन हुने अन्य प्रतियोगिताका लागि संझौता बाध्यकारी नहुने पनि स्पस्ट पारिएको छ । संझौता कार्यक्रममा एपी वान एचडी टेलिभिजनका निर्देशक सन्देश गुरागाई, एन्फाका प्रथम उपाध्यक्ष मणि कुँवर, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, महासचिव धिरेन्द्र प्रधान लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.