फिफा वरियतामा नेपालको चार स्थान सुधार

 फिफा वरियतामा नेपालको चार स्थान सुधार

काठमाडौं : विश्व फुटबल महासंघ (फिफा) वरीयतामा नेपालले चार स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल एक सय ६९औं स्थानमा उक्लिएको हो ।

नयाँ वरीयताअनुसार नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा छ । दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारत समग्रमा एक सय स्थानमा छ ।

दोस्रो स्थानमा रहेको माल्दिभ्स समग्र वरीयताको एक सय ५६औं स्थानमा छ । पछिल्लो वरीयतामा माल्दिभ्स चार स्थान खस्किएको हो ।

अफगानिस्तान चार स्थान खस्कँदै समग्र एक सय ५८औं स्थानमा छ । दुई स्थान तल झरेको भुटान एक सय ६६औं स्थानमा छ । नेपालभन्दा पछाडि रहेको बंगलादेश एक सय ९२औं र श्रीलंका एक सय ९७औं स्थानमा छन् ।

पाकिस्तान दुई सय स्थानमा छ । वरीयताको शीर्ष स्थानमा ब्राजिल छ । अर्जेन्टिना दोस्रो र विश्वकप विजेता जर्मनी तेस्रो स्थानमा छ । चिली, कोलम्बिया, फ्रान्स, बेल्जियम, पोर्चुगल, स्विट्जरल्यान्ड र स्पेन शीर्ष दसमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.