दृष्टिविहीन पुरुष क्रिकेटको उपाधि बागमतीलाई

दृष्टिविहीन पुरुष क्रिकेटको उपाधि बागमतीलाई

काठमाडौं : नवौं क्षेत्रीय दृष्टिविहीन पुरुष क्रिकेट प्रतियोगिताको उपाधि बागमतीले जितेको छ । बिहीबार भएको खेलमा बाँकेलाई पाँच विकेटले पराजित गर्दै बागमतीले तीन टोली सम्मिलित प्रतियोगिताको उपाधि जितेको हो ।

पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बाँकेले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनको योगफल खडा गरेको थियो । जवाफमा बागमतीले १२.३ ओभरमा मात्र पाँच विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो ।

बागमतीको जितमा रमेशबहादुर बानियाँ र भेषबहादुर रानाभाटले समान १८–१८ रनको योगदान दिए । त्यसअघि बागमतीका श्याम ढुंगाना एक्लैले पाँच विकेट लिएपछि बाँके सानो योगफलमा समेटिन पुगेको थियो । आनन्द पाण्डे र कुशल न्यौपानेले पनि एकएक विकेट लिएका थिए । बाँकेका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ३२ रनको योगदान दिए पनि अन्य टोलीलाई विजयी बनाउन सकेनन् । बाँकेका लीलबहादुर चौधरीले तीन तथा दुर्गादत्त र यामजंग विष्टले बागमतीको एकएक विकेट लिएका थिए ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका श्याम ढुंगाना म्यान अफ दी सिरिज घोषित भए । उनले प्रतियोगिताभर आठ विकेट लिँदै १७ रन जोडेका थिए । नेपाल नेत्रहीन क्रिकेट संघले नयाँ खेलाडीको खोजी गर्ने उद्देश्यस्वरूप सञ्चालित ट्रेनिङपछि आयोजित प्रतियोगितामा बागमती र बाँकेसहित मोरङको टोलीले सहभागीता जनाएको थियो । मोरङले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदा बागमती र बाँकेले पनि प्रायः नयाँ खेलाडी लिएर प्रतियोगितामा सहभागिता जनाएको थियो ।

कादुरी फाउन्डेसनको सहयोगमा सञ्चालित प्रतियोगितामा सहभागी तीनवटै टोलीलाई संघले प्रोत्साहनस्वरूप १०-१० हजार प्रदान गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.