लेन्स उत्पादन बढाउन १० करोड अनुदान

लेन्स उत्पादन बढाउन १० करोड अनुदान

काठमाडौं :  उद्योग मन्त्रालयले नेपाल आँखा केन्द्रको लेन्स उत्पादन क्षमता अभिवृद्धि गर्न १० करोड रुपैयाँ अनुदान दिने भएको छ । आँखा केन्द्रले अहिले वार्षिक पाँच लाख लेन्स उत्पादन गर्दै आएको छ । उद्योगको क्षमता विस्तार गरेर वार्षिक १५ लाख लेन्स उत्पादन गर्ने लक्ष्य राखिएको छ । मन्त्रालयले केन्द्रको क्षमता विस्तारका लागि मेसिन उपकरण खरिद गर्न अनुदान सहयोग गरेको हो । लेन्स नेपालीलाई सहुलियत दरमा उपलब्ध गराउने र विदेशमा पनि निर्यात गर्ने लक्ष्य राखिएको छ ।

नेपाल आँखा कार्यक्रमबाट उत्पादित लेन्स अहिले विश्वमै गुणस्तरीय मानिन्छ । हाल विश्वका १७ वटा मुलुकमा निर्यात भैरहेको लेन्स करिब ५० भन्दा बढी मुलुकमा वितरण हुने गरेको छ ।

औद्योगिक विकास कोष स्थापना

उद्योग मन्त्रालयले सरकार, निजी क्षेत्र, गैरआवासीय नेपाली र सर्वसाधारणको संयुक्त लगानीमा औद्योगिक विकास कोष स्थापना गर्ने अवधारणालाई अगाडि सारेको छ । कोषबाट यातायात, ऊर्जा, औद्योगिक क्षेत्र लगायत पूर्वाधार निर्माण, औद्योगिक क्षेत्रको क्षमता विकास, उद्यमशीलताको प्रवद्र्धन एवं प्रविधि हस्तान्तरणका माध्यमबाट देशमा औद्योगीकरण गर्ने उद्देश्य राखिएको छ । यसले लगानीमैत्री वातावरण सिर्जना गरी मुलुकको आर्थिक विकासमा जनतालाई सहभागी गराई मुलुकको समग्र आर्थिक समृद्धि हासिल गर्न सघाउने लक्ष्य राखिएको छ ।

नेपालमा विगत केही समययता सुमधुर औद्योगिक सम्बन्ध, ऊर्जा आपूर्ति, औद्योगिक पूर्वाधार र औद्योगिक क्षेत्रमा गरिएका संस्थागत सुधारका कारण लगानीमैत्री वातावरण सुदृढ बन्दै गइरहेको छ । उद्योग मन्त्रालयले सुरु गरेको दोस्रो पुस्ताको आर्थिक सुधारको अवधारण अनुरुप औद्यौगिक क्षेत्रको सुधारको निमित्त आवश्यक नीतिगत तथा संस्थागत सुधारको थालनी गरी रोजगारी सिर्जनाको माध्यमबाट मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने लक्ष लिइएको छ ।

आविष्कार केन्द्रलाई सहयोग

यसैगरी उद्योग मन्त्रालयले म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक डा.महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने भएको छ । नेपालको परम्परागत प्रविधि र विज्ञानको प्रयोग गरी नेपाली उद्योग जगतलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने लक्ष्य राखिएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको विद्युतीय सवारीको प्रयोगलाई समेत उद्योग मन्त्रालयले प्रवद्र्धन गर्ने भएको छ । साथै, नेपाली किसानलाई सरल र सहुलियत मूल्यमा धान काट्ने मेसिन उपलब्ध गराउन यस्तो मेसिनको आविष्कारका लागि समेत केन्द्रलाई मन्त्रालयले सहयोग पुर्‍याउने छ । राष्ट्रिय आविष्कार केन्दको क्षमता विस्तारलाई ध्यानमा राखी उद्योग मन्त्रालयले एक करोड ५० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने बजेटमा व्यवस्था गरेको छ ।

जीवनजल सहुलियत दरमा

नेपाल औषधि लिमिटेडबाट उत्पादित जीवनजल झाडा पखालाको उच्च जोखिम रहेका भेरी, सेती र कर्णाली अञ्चलका दुर्गम जिल्लामा सहुलियतदरमा उपलब्ध गराउन ढुवानीका लागि विशेष व्यवस्था मिलाएको उद्योग मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.