'उपेन्द्र यादवसँग सजग हुनुपर्छ'

'उपेन्द्र यादवसँग सजग हुनुपर्छ'

वीरगन्ज : राष्ट्रिय जनता पार्टीका महामन्त्री जितेन्द्र सोनलले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस र मधेसी जनतालाई पटक-पटक धोका दिएकाले उनीप्रति सजग हुनुपर्ने बताउनुभएको छ । बाराको देवताल गाउँपालिकाको अमवामा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महामन्त्री सोनलले मधेस र मधेसीको अधिकारप्राप्तिको संघर्षमा रहेकै बेला उपेन्द्रले बीचबाटोमै छाडेर धोका दिएको जिकिर गर्नुभयो । 'आफूलाई मधेसको मसिहा भन्ने उपेन्द्रले २०६४ सालको मधेस आन्दोलनमा पनि मधेसी जनतालाई धोका दिएर सरकारसँग सम्झौता गरेका थिए, अब उनीबाट मधेसी जनता सजग र सतर्क हुनुपर्छ', उहाँले भन्नुभयो ।

मधेसको मुराठा बाँधेर ललिपप खानका लागि पहिलो चरणको चुनावमा भाग लिएका उपेन्द्रलाई पहाडका जनताले लोप्पा खुवाएर पठाइदिएको सोनलले बताउनुभयो । फोरम नेपालका अध्यक्ष उपेन्द्रले अहिले चुनाव चिह्न नपाएको बहानामा राष्ट्रिय जनता पार्टी चुनावमा जान नमानेको भन्दै भ्रामक प्रचार गरेको दाबी गर्नुभयो । 'राजपाको अहिलेको आन्दोलन चुनाव चिह्नका लागि होइन, मधेसको अधिकारका लागि हो', सोनलले भन्नुभयो, 'राजपासँग ६/६ वटा चुनाव चिह्न छ, उपेन्द्रजीले राजपाको चुनाव चिह्नबारे तनाव लिनु पर्दैन ।'

सोनलले सरकारले संविधान संशोधनको ग्यारेन्टी गरे राष्ट्रिय जनता पार्टी स्थानीय तह निर्वाचनमा जान तयार रहेको उहाँले बताउनुभयो । संविधान संशोधनको ग्यारेन्टी र सरकारले तत्काल गर्नुपर्ने काम गरिदिए असार १४ को चुनावमा राष्ट्रिय जनता पार्टी जान तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो, 'सरकारले संविधान संशोधनको ग्यारेन्टी गरोस्, मधेसमा जनसंख्या आधारमा स्थानीय तहको संख्या थप गरिदिओस्, झूटा मुद्दा फिर्ता र सहिद घोषणा प्रक्रिया अगाडि बढाओस्, हामी चुनावमा जान तयार छौं ।'

केही दिनअघि सरकारले मधेसमा २२ वटा स्थानीय तहको संख्या थप गर्ने निर्णय लागू नहुनुमा एमाले नै मुख्य दोषी रहेको भन्दै उहाँले भन्नुभयो, 'संख्या थप्ने सरकारको निर्णयको विरोधमा सर्वोच्च अदालतमा रिट हाल्ने व्यक्ति, बहस गर्ने वकिल र अन्तरिम आदेश जारी गर्ने न्यायाधीश सबै एमाले नै हुन्, यसबाट पनि पुष्टि हुन्छ कि एमाले मधेसविरोधी दल हो, उसले मधेसीलाई अधिकारसम्पन्न बनाउन चाहँदैन ।'

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.