मेरो मन कमलो छ

मेरो मन कमलो छ

चलचित्र 'तारेभीर'बाट रजतपटमा डेब्यु गरेकी नायिका रेखा फागो मोडलिङबाट चलचित्र क्षेत्रमा आएकी हुन् । एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेपछि उनी चलचित्र क्षेत्रमा आएकी हुन् । धरानमा बसेर मोडलिङ एवं अभिनय यात्रालाई अगाडि बढाएकी उनी अब राजधानीमा बसेर कला यात्रालाई निरन्तरता दिने सोचमा छिन् । ५ फिट ४ इन्च अग्लि २२ वर्षिया रेखाअशोकप्यासी राईबीच भएको कुराकानी :

rekha-पहिलो पटक सिनेमा हलमा आफूलाई हेर्दा कस्तो लाग्यो ?
आफूलाई पर्दामा देख्दा कति खुसी छु कति । एकदमै रमाइलो र उत्साहित भएँ । चलचित्र हेर्नेहरू सबैले प्रशंसा गर्नुभएको छ । मेरो लागि यो महत्वपूर्ण कुरा हो ।

के कुराले त्यति उत्साहित बनायो ?
सानोमा चलचित्र हेर्दा त्यसरी नै पर्दाभित्र पस्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । म कति कल्पना गर्थें । त्यो सपना अहिले साकार भएको छ । यही कुराले म बढी उत्साहित भएकी हुँ ।

दर्शकले के कुरा मन पराए ?
चलचित्रको विभिन्न स्थानमा च्यारिटी सो भएको छ । मलाई वास्तविक जीवनमा हेर्ने बुझ्नेहरूले उसले यति राम्रो गर्न सक्छ र भनेका छन् ।

अब हिरोइन भएजस्तो लाग्न थालेको होला ?
हिरोइन भएँभन्दा पनि सपना पूरा भएको छ । अब यसलाई अझ राम्रो ढंगले अगाडि बढ्नुपर्छ, सिक्नु धेरै छजस्तो अनुभूति हुन्छ ।

अभिनय, मोडलिङमा परिवारको भनाई?
चलचित्रको च्यारिटी सोमा सबै परिवार सहभागी हुनुहुन्थ्यो । चलचित्र हेरिसकेपछि सबैले प्रशंसा गर्नुभयो । तिमीले गर्न सक्ने रहेछौ, अझ मेहनत गरेर अघि बढ्नु भनेर सल्लाह दिनुभयो ।

चलचित्र क्षेत्रमा आउनुभन्दा अगाडि चाहिँ के भन्नुहुन्थ्यो ?
यो क्षेत्रमा मलाई परिवारको साथ र सहयोग छ । यो स्थानसम्म पुग्नुमा परिवारकै साथले सम्भव भएको हो ।

स्क्रिप्टमा भने अनुसारको चलचित्र बन्यो त ?
मलाई चाहिँ बनेजस्तो लाग्छ । निर्देशक प्रेम सुब्बाले मलाई जस्तो भूमिका सुनाउनुभएको थियो त्यो चलचित्रमा छ । चलचित्रमा मेरो भर्सटाइल भूमिका छ । एक्सन, डान्स, इनोसेन्ट सबै छ । चलचित्र हेर्दा पनि राम्रो लाग्यो ।

चलचित्रको कुन पक्ष दर्शकले रुचाए ?
चलचित्र हेर्दा अधिकांश दर्शकको आँखा रसाएको हुन्छ । चलचित्रले दर्शकको मन छुनु ठूलो कुराजस्तो लाग्छ।

तपाईं त रुनु भएन होला ?
म त छायांकन गर्दा नै रोएको थिएँ । हलमा चलचित्र हेर्दा पनि रोएँ । मेरो मन कमलो छ ।

सुरुमा चलचित्रका लागि प्रस्ताव आउँदा कस्तो लाग्यो ?
मलाई त सपनाजस्तो लागेको थियो । म पनि हिरोइन बन्छु र जस्तो लाग्यो । खुसी, आश्चर्य, चाहना सबै कुराको समि श्रणले रोमाञ्चक अनुभूति भएको थियो ।

चलचित्रको छायांकनमा पहिलो सट दिएको अनुभव याद छ ?
म अलि नर्भस थिएँ । हुन त त्यसअघि मैले धेरै म्युजिक भिडियोमा मोडलिङ गरेकी थिएँ तर चलचित्रको टिम ठूलो हुने भएकाले पहिलो दिन नर्भस हुनु स्वाभाविकै थियो ।

चलचित्रमा अभिनय गर्न नसक्ने रहेछु जस्तो त लागेन ?
त्यस्तो त लागेन । निर्देशक प्रेमदाइका साथै सम्पूर्ण टिमबाट राम्रो साथ र सहयोग पाएँ । एकपछि अर्को गर्दै आत्मविश्वास बढ्न थाल्यो । फेरि मनले चाहेको क्षेत्रमा काम गर्नुको मजा पनि बेग्लै हुन्छ ।

म्युजिक भिडियो चाहिँ कति भए ?
एक दर्जनभन्दा बढी भयो । मैले मोडलिङ गरेको पहिलो भिडियो रजिना रिमाल र भीषण राईले गाएको 'तिम्रो माया साह्रै नि लाग्छ नि' हो ।

चलचित्र र म्युजिक भिडियो कुनमा काम गर्दा रमाइलो ?
म्युजिक भिडियोमा सानो टिम, छोटो समय हुन्छ । चलचित्रमा ठूलो टिम र धेरै समय लाग्छ । मलाई दुवै क्षेत्रमा उत्तिकै रमाइलो लाग्छ ।

अबको योजना ?
मोडलिङ, अभिनय मेरो रुचिको क्षेत्र हो । अहिलेसम्म धरानमा बसेर पढ्दै यस क्षेत्रमा काम गरेँ । अब राजधानीमै आएर संघर्ष गर्ने योजना बनाएकी छु । यो क्षेत्रबाट म निकै आशावादी छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.