ओप्पोको प्रायोजनमा नेपाल आइडल

ओप्पोको प्रायोजनमा नेपाल आइडल

काठमाडौं ट नेपालकै पहिलो अन्तर्राष्ट्रिय फ्रान्चाइज टेलिभिजन सो, ‘नेपाल आइडल' लाई अन्तर्राष्ट्रिय मोबाइल फोन ब्रान्ड ओप्पोले प्रमुख प्रायोजकको रूपमा सहयोग गरेको छ । उत्कृष्ट गायनकला भएर पनि अवसरको अभावमा मुलधारमा नआएका नेपाली प्रतिभालाई अवसर प्रदान गर्ने सोचका साथ ओप्पोले नेपाल आइडल कार्यक्रमको प्रायोजन गरेको कम्पनीका ब्रान्ड म्यानेजर माइकल लीले बताउनुभयो । उहाँले हामी विज्ञापनका लागिमात्र प्रायोजन गर्न चाहँदैनौ । हाम्रो लगानीले देशमा रहेका समस्या केही मात्रामा भए पनि समाधान होस् भन्ने उद्देश्य रहेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारका साथै नेपालमा पनि ओप्पोले सामाजिक उद्देश्यपूर्तिका लागि प्रयास गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल आइडलको प्रायोजन यसैको उपज भएको कम्पनीले जनाएको छ । अहिले ६ अर्ब ५० करोड मानिसले ‘आइडल' प्रोग्राम हेर्ने गरेका छन् । रियालिटी टेलिभिजन गायन प्रतिस्पर्धा ‘आइडल्स' को ढाँचा ब्रिटिस टेलिभिजन प्रोड्युसर सायमन फुलरले तयार पार्नुभएको हो । यसको विकास फरमेन्टल मिडियाले गरेको थियो । सन् २००१ मा ब्रिटिस टेलिभिजन सिरिज पप आइडलका रूपमा सञ्चालन गरिएको आइडल सिरिजलाई पहिलो पटक पोलिस सिरिजका रूपमा सन् २००२ मा ‘एडप्टेसन' गरिएको हो । लगत्तै कार्यक्रम विश्वमै सर्वाधिक हेरिने टेलिभिजन फ्रान्चाइजका रूपमा स्थापित हुँदै गएको छ ।

कार्यक्रममा अपनाइएको ढाँचा विश्वका ४६ क्षेत्र र एक सय ५० भन्दा बढी देशमा परिमार्जित ढाँचासहित प्रसारण हुँदै आएको छ । कार्यक्रमका परिमार्जित संस्करण विश्वभरका ६ अर्ब ५० करोड दर्शकले हेर्ने गरेका छन् । आइडलबाटै युनाइटेड किङ्डमका विल योङ्, अमेरिकाका केली क्लार्कसन र क्यारी अन्डरउड, अस्ट्रेलियाका गाय सिबेस्टिनलगायतले आफ्नो परिचय बनाइसकेका छन् ।

त्यसैगरी कार्यक्रममा उपस्थितिकै कारण अभिनयलगायत क्षेत्रमा नाम कमाउने धेरै छन् । एकेडेमी अवार्ड विजेता जेनिफर हड्सन सुप्रसिद्ध नाम हो । नेपालमा पनि अहिले आइडल संस्करणले अत्यधिक चर्चा तथा लोकप्रियता पाइरहेको छ । कार्यक्रमको बढ्दो क्रेज र युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा यसको चर्चा कार्यक्रम सफलताको प्रमाण हो । कम्पनीका अनुसार नेपालमा यसको प्रायोजनले नयाँ प्रतिभा जन्माउन सहयोग गर्ने कम्पनीको विश्वास छ । आइडलको नेपाली संस्करण ‘नेपाल आइडल' एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.