बालाजु अटोवर्कस्को सर्भिस सेन्टर बर्दिबासमा
काठमाडौं : महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवर्कस्ले बर्दिबासमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । एभरेस्ट इन्कर्पाेरेटेड प्रालिको नाममा सञ्चालनमा आएको उक्त सेन्टरको उद्घाटन एकीकृत सेवा केन्द्रका सहायक सीडीओ विनोद भट्टराईले गर्नुभएको थियो । उक्त सर्भिस सेन्टर बर्दिबास कठिइमा छ ।
बालाजु अटोवर्कस्ले आफ्ना ग्राहकलाई सहज होस् भनेर सर्भिस सेन्टरको स्थापना गरेको जनाएको छ । अन्य सर्भिस सेन्टरजस्तै यसमा पनि सातै दिन, २४ सै घन्टा सेवा उपलब्ध छ । कुनै पनि स्थानमा गाडी बिग्रिएमा उक्त ठाउँमा गई गाडी मर्मत गरिनुको साथै आधुनिक प्रविधिद्वारा गाडीको चेकजाँच तथा मर्मत गरिने कम्पनीले जनाएको छ । आधुनिक मेसिनद्वारा गाडी वास गर्ने सुविधाको व्यवस्था गरेको छ । यसका साथै यही जेठ १९, २० र २१ गते निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ ।