लुम्बिनीमा ग्लोबल आईएमईको एटीएम
काठमाडौं : ग्लोबल आईएमई बैंकले लुम्बिनीमा आफ्नो नयाँ एटीएम सेवा थप गरेको छ । बैंकले लुम्बिनी भ्रमणका लागि आउने पर्यटक तथा त्यहाँ बसोबास गर्ने ग्राहकलाई लक्षित गरी बृहत लुम्बिनी विकास परियोजनाको मुख्य प्रवेशद्वारनजिकै एटीएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आईएमई बैंकको एटीएम संख्या एक सय नौ पुगेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ९५ वटा शाखा ६ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजस्व संकलन काउन्टर, एक सय नौ वटा एटीएम, ४६ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आएको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, यूएई, बहराइनलगायत मुलुकबाट रेमिटेन्स सेवासमेत प्रदान गर्दै आएको छ ।