गुहेश्वरी र एनआईबीएल क्यापिलबीच सम्झौता

गुहेश्वरी र एनआईबीएल क्यापिलबीच सम्झौता

काठमाडौं :  गुहेश्वरी मर्चेन्ट बैंकिङ लिमिटेड र एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडबीच सम्झौता भएको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङको २०७४ वैशाख २९ गते सम्पन्न विशेष साधारणसभाबाट पारित भएबमोजिम १९ करोड ७३ लाख ९२ हजार सेयर पुँजी बराबरको सेयर निष्कासनको लागि सम्झौता भएको हो ।

एनआईबीएल क्यापिटलले सयका दरले १९ लाख ७३ हजार नौ सय २८ कित्ता हकप्रद सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्नेछ । कम्पनी ऐन २०६३ को दफा ३२(२) मा भएको व्यवस्थाअनुसार यस वित्तीय संस्था तथा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडबीच हकप्रद सेयर निष्कासनसम्बन्धी सम्झौता भएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.