नेपाल–बंगलादेश व्यापार सम्झौताको तयारी

नेपाल–बंगलादेश व्यापार सम्झौताको  तयारी

काठमाडौं :  नेपाल र बंगलादेशबीच निकट भविष्यमा नै व्यापार सम्झौता हुने भएको छ । वाणिज्य मन्त्रालयले नेपाल र बंगलादेशबीच व्यापार प्रवद्र्धन गर्न सम्झौता हुन लागेको जानकारी दिएको छ । दुई मुलुकबीच ड्युटी फ्री, बजार पहुँच, पारवहनलगायत विषयमा सम्झौता गर्न सचिवस्तरमा छलफल भइरहेको छ ।

वाणिज्य मन्त्री रोमी गौचन थकालीले अबको केही महिनाभित्र द्विपक्षीय व्यापार सम्झौता गर्ने तयारी गरिएको जानकारी दिनुभयो । नेपाली उत्पादनको ठूलो बजार हिस्सा बंगलादेश भएको र बंगलादेशबाट नेपाली उत्पादनको माग पनि दिनानुदिन बढ्दै गएको जानकारी गराउँदै मन्त्रालयले द्विपक्षीय व्यापार सम्झौता नहुँदा समस्या भएको जनाएको छ । ‘गुणस्तरयुक्त ठूलो परिमाणमा नेपाली उत्पादन बंगलादेश निर्यात गर्ने काम सुरु भएपछि अहिले देखिएको ठूलो व्यापार घाटा पनि आफैं कम भएर जान्छ', मन्त्रालले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थकालीले भन्नुभयो ।

‘बंगलादेशका वाणिज्यमन्त्री नेपाल आउने इच्छा व्यक्त गर्नुभएको छ', उहाँले भन्नुभयो ‘उहाँको आगमनको समयमै द्विपक्षीय व्यापार सम्झौता गर्ने टुंगो लागिसकेको छ ।' मन्त्री थकालीका अनुसार सम्झौता पूर्वको अवधिमा व्यापार, लगानी र कनेक्टिभिटीको विस्तारमार्फत क्षेत्रीय एकीकरणलाई प्रभावकारी बनाउन बंगलादेशमा बैठक सम्पन्न भइसकेको छ ।

यसैगरी गत फेब्रुअरीमा ती दुवै मुलुकबीच अर्को बैठक पनि सम्पन्न गरिएको थियो । बंगलादेशसँग व्यापार प्रवद्र्धन गर्न मुख्य समस्याका रूपमा सडक सञ्जाल भएको जानकारी गराउँदै मन्त्री थकालीले भन्नुभयो, ‘यो समस्या समाधानका लागि पनि हामीले काँकडभिट्टादेखि बंगलादेशको रोहनपुरसम्म सडक सञ्जालमा जोड्ने प्रस्ताव गरेका छौं । यसमा भारत पनि सकारात्मक छ । द्विपक्षीय सम्झौतासँगै यो सडक सञ्जालको कामलाई पनि तीव्रता दिइनेछ ।'

पछिल्लो समयमा भारतसँग पनि द्विपक्षीय व्यापारमा सुधार आएको छ । नेपालको सुझावकै आधारमा भारतले नेपालबाट निर्यात हुने जुटसहित अन्य वस्तुमा लाग्दै आएको काउन्टरभेलिङ महसुल र भारतबाट नेपाल आउने वस्तुमा लगाइँदै आएको सर्भिस महसुल हटाइएको छ । अहिले ती दुवै शीर्षकमा भारतले असुल्ने कर खारेज भएको छ ।

यस्तै नेपाल र भारतबीच विद्यमान रेल सेवा सम्झौतामा समसामयिक सुधारका लागि भारतीय पक्षबाट सुझाव वाणिज्य मन्त्रालयले प्राप्त गरिसकेको छ । ‘उक्त सुझाव उपर छलफल र अध्ययन गर्दैछौं', मन्त्री थकालीले भन्नुभयो । अहिले रेलमार्गको सुविधा वीरगन्जसम्ममात्रै छ । रेल सेवा सम्झौतामा समसामयिक सुधार गरी नेपालले कोलकाता र विशाखापटनमको बन्दरगाहबाट रेलमार्गको सहयोगमा सोझै बुटवल, नेपालगन्ज र भैरहवा नाकासम्म भारतसहित तेस्रो मुलुकबाट सामान आयात गर्ने सुविधा भारतसँग माग गरेको हो । यसका लागि विद्यमान पारवहन सन्धीको प्रोटोकलमा आवश्यक संशोधनका लागि भारत सरकारलाई पत्र पठाइसकिएको छ ।

चिनिँया भूमिमार्फत पारवहन सुविधाका लागि भएको नेपाल र चीनबीच पारवहन ढुवानी सम्झौता कार्यान्वयनमा ल्याउन आवश्यक प्रोटोकलको मस्यौदा तयारी भइसकेको छ । यसका लागि स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी सम्भाव्यता अध्ययनको कामलाई गति दिइएको छ । सरकारले भूटानसँग पनि द्विपक्षीय व्यापार सम्झौताका लागि दुई कार्यदल गठन गरी व्यापारका लागि आदानप्रदान गरिएको सूचीको अध्ययन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालै नेपालबाट निर्यात हुने अलैंची, कफी, चिया र हाते कागजको निर्यात रणनीति तयार गरेको छ । इन्फोदुई मुलुकबीच ड्युटी फ्री, बजार पहुँच, पारवहनलगायत विषयमा सम्झौता गर्न सचिवस्तरमा छलफल भइरहेको छ।

 नेपाल र बंगलादेशबीच निकट भविष्यमा नै व्यापार सम्झौता हुने भएको छ । वाणिज्य मन्त्रालयले नेपाल र बंगलादेशबीच व्यापार प्रवद्र्धन गर्न सम्झौता हुन लागेको जानकारी दिएको छ । दुई मुलुकबीच ड्युटी फ्री, बजार पहुँच, पारवहनलगायत विषयमा सम्झौता गर्न सचिवस्तरमा छलफल भइरहेको छ । वाणिज्य मन्त्री रोमी गौचन थकालीले अबको केही महिनाभित्र द्विपक्षीय व्यापार सम्झौता गर्ने तयारी गरिएको जानकारी दिनुभयो । नेपाली उत्पादनको ठूलो बजार हिस्सा बंगलादेश भएको र बंगलादेशबाट नेपाली उत्पादनको माग पनि दिनानुदिन बढ्दै गएको जानकारी गराउँदै मन्त्रालयले द्विपक्षीय व्यापार सम्झौता नहुँदा समस्या भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.