युद्धप्रभावित बालबालिकाले पाए सहयोग
मुसीकोट : तत्कालीन नेकपा माओवादी र राज्य पक्षबीच भएको सशस्त्र युद्धबाट पीडित रुकुम जिल्लाका ५ सय १४ जना बालबालिकालाई जिल्ला बालकल्याण समितिले सहयोग प्रदान गरेको छ ।
केन्द्रिय बालकल्याण समितिको पहलमा शान्ती तथा पुणः निर्माण मन्त्रालय र शान्ती कोष सचिबालयको सहकार्यमा जिल्लामा रहेका सशस्त्र द्धन्द्धबाट प्रभावित भएका बालबालिकालाई उनीहरुको अवस्था र आवश्यकतालाई ध्यानमा राखेर शैक्षिक, आयआर्जन, कानुनी सहायता सम्बन्धी सहयोग प्रदान गरिएको जिल्ला बाल अधिकार अधिकृत मानबिर ओलीले बताउनुभयो ।
ओलीका अनुसार जिल्लाभरका जम्मा ५ सय बालबालिकालाई शैक्षिक सहयोग वापत प्रतिव्यक्ति ५ हजार, आयआर्जन सहयोग वापत १० जनालाई प्रतिव्यक्ति १५ हजार र लैङ्गिक हिसांमा परेका ५ जनालाई प्रतिव्यक्ति ५ हजारका दरले प्रदान गरिएको छ । साथै जिल्लाका ७ वटा बिद्यालयमा विद्यालय शान्ति क्षेत्र सहयोग कार्यक्रम पनि चालू आर्थिक बर्षभित्र सम्पन्न गरिएको छ ।
नेपालमा १० बर्ष चलेको शसस्त्र युद्धका कारण रुकुममा मात्रै झण्डै ११ सय बालबालीका प्रभावित भएको जिल्ला बालकल्यान समितीले जनाएको छ । यिनै बालबालीकाहलाई समितीले गरेका पहिचानको आधारमा बालबालीकालाई सहयोग वितरण गरिएको बालअधिकार अधिकृत ओलीले बताए ।
सहयोग पाएका बालबालिकाले आफुहरुले पढाइलाई अगाडी बढाउने बताएका छन् ।