होटलमा बन्दुकधारीले आगजनी गर्दा ३६ जनाको मृत्यु
मनिला : फिलिपिन्सको राजधानी मनिला अवस्थित होटलको क्यासिनो कक्षमा एक बन्दुकधारीले गरेको आगजनीमा परी ३६ को मृत्यु भएको छ । यस घटनामा अन्य दर्जनौँ घाइते भएका प्रहरी स्रोतले जनाकारी दिएको छ ।
बिहीबार मध्यराति एक बन्दुकधारीले गरेको यस आक्रमणमा परी आक्रमणकारी स्वयम्लगायत ३६ जनाको मृत्यु भएको हो । आगजनी र गोलीसमेत प्रहार गरी ३६ जनाको हत्या गरेपछि उनी स्वयम्ले आमहत्या गरेका थिए ।
यस आगजनीको पाँच घन्टापछि आक्रमणकारी स्वयम्ले आत्मदाह गरेका र ती बन्दुकधारी आगजनीको क्रममा एम ४ राइफल र पेस्ट्रोलसमेत प्रयोग गरेको प्रहरी अधिकारी रोनाल्ड डेला रोसाले बताएका छन् । फिलिपिन्सको सुरक्षा अधिकारीहरुले यो घटना आतङककारीहरुले गराएको नभई ‘सन्काह’ व्यक्तिले गराएको बताएका छन् ।
“क्यासिनोको दोस्रो तलाको भित्री भागमा केही शवहरु भेटिएका थिए भने, अन्य केही शवहरु होटेलको आराम कक्षमा भेटिएका दक्षिणी जिल्लाका प्रहरी प्रमुख टोमस अपोलिनारिओले बताउनुभएको छ ।
हाल होटेल प्रहरीको कडा निगरानीमा रहेको त्यहाँ कसैलाई पनि जान नदिइएको टोमसले बताउनुभएको छ । “घटनाका बारेमा अनुसन्धान भइरहेको छ, शङ्कास्प्रद व्यक्तिहरुको पहिचान भइसकेको छ,” उहाँले थप जानकारी दिनुभएको छ । रासस÷एएफपी÷सिन्ह्वा