काठमाडौंलाई स्वर्ग बनाउँछु : मेयर शाक्य
काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरलाई धुलोरहित, धुवाँरहिते र सुन्दर र समृद्ध बनाउने विश्वास दिलाउनु भएको छ।
शुक्रबार रिपोर्टस क्लबमा बोल्दै नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले आफूले बोलेको कुरा पूरा गरेरै छाड्ने दाबी सेमत गर्नुभयो। ‘म नसक्ने कुरा बोल्दिन्, सक्ने कुरा बोल्छु र बोलेका कुराहरु पूरा गराएरै छोड्छु,’ मेयर शाक्यले भन्नुभयो, ‘सबैले साथ दिए काठमाडौंलाई स्वर्ग बनाउँछौँ।’
शाक्यले मतदाताहरुले दिएको जिम्मेवारी आफूले कुनै हालतमा पूरा गरेरै छाड्ने समेत उल्लेख गर्नुभयो। ‘मतदाताले दिएको जिम्मेवारी पूरा गर्छु, हामीले कार्यभार सम्हालेलगत्तै महत्वपूर्ण ११ वटा निर्णयहरु समेत गरिसकेका छौं’, मेयर शाक्यले भन्नुभयो, ‘समय अत्यन्तै थोरै छ, छोटो समयमा पनि हामीले जनताको खासगरी महानगरवासीको मन जित्नुपर्ने छ।’
’
त्यस्तै उपमेयर हरिप्रभा खड्गीले पनि महानगरलाई धुलो तथा धुवाँरहित बनाउने अठोट व्यक्त गर्नु भएको छ। उहाँले मतदाताले दिएको विश्वासलाई कुनै पनि हालतमा धोका नदिने विश्वास दिलाउनु भयो।
‘महिला सशक्तिकरणको लागि उहाँहरुलाई क्रियाशील बनाउनका लागि काम गर्नेछु,’ उपमेयर खड्गीले भन्नुभयो,’ ‘धुलो र धुवाँरहित राजधानी बनाउने, महिला सशक्तिकरण र युवाहरुरुलाई स्वरोजगार सिर्जना गर्ने मेरा प्रमुख लक्ष्य हुन्।’
क्लबका अध्यक्ष धमलाले काठमाडौंका मेयर र उपमेयरलाई स्वागत गरेका थिए।