विप्लवका कार्यकर्ताले कैलालीका जिशिअलाई मोसो दले

विप्लवका कार्यकर्ताले कैलालीका जिशिअलाई मोसो दले

धनगढी : नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीले कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टलाई मोसो लगाउने प्रयास गरेका छन्।

शुक्रबार दिउँसो कार्यकक्षमा रहेका वेला आएका विप्लवका कार्यकर्ताले जिल्ला शिक्षा अधिकारी विष्टमाथि मोसो लगाउने प्रयास गरेका हुन्। कार्यालयमा रहेको अवस्थामा विष्टको शरीरमा मोविल फालिएको हो। अनुहारमा मोेसो लगाउने क्रममा शरीरमा मोविल फालिए लगत्तै विप्लव कार्यकर्ता भागेका थिए।

घटनापछि भागेका विप्लव कार्यकर्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो।

यता विप्लव निकटको अखिल क्रान्तिकारीका नेताले सहमति अनुसार कार्यालयको कामकाज अगाडी बढाउनुको सट्टा त्यस विपरित काम गरेकाले मोसो लगाउने प्रयास गरिएको जानकारी दिनुभयो। राजनीतिक आग्रह पूर्वाग्रहमा कार्यालयका विभिन्न काम गरेको आरोप जिल्ला शिक्षा अधिकारी विष्टमाथि लगाइएको ती नेताको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.