२८३ स्थानीय तहमा कर्मचारी पठाइँदै
काठमाडौं : मन्त्रिपरिषद् बैठकले असार १४ गते हुने दोस्रो चरणको ४६१ स्थानीय तहको निर्वाचन सफल गराउने निर्णय गरेको छ । साउन २० गतेदेखि प्रधानमन्त्री पदको जिम्मेवारी सम्हाल्नुभएका पुष्पकमल दाहालले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि विशेष रात्रिभोजसमेत आयोजना गर्नुभएको छ।
बैठकले कुनै विशेष एजेन्डामा नभएर नियमित प्रस्ताव मात्र पारित गरेको जानकारी जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले दिनुभयो । बैठकले स्थानीय तहमा आवश्यक कर्मचारी पठाउने निर्णय गरेको छ । पहिलो चरण निर्वाचन भएका २८३ स्थानीय तहमा कर्मचारी पठाउने निर्णय भएको हो ।
मन्त्रिपरिषद्ले गरिबसँग विश्वेश्वरलगायत गरिबी निवारणसम्बन्धी कार्यक्रम सहकारी विकास तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राख्ने निर्णयसमेत गरेको छ । मे २ लाई सूचना तथा सञ्चार प्रविधि दिवसका रूपमा मनाउने र नेपाल पत्रकार महासंघलाई महाधिवेशन गर्न ३० लाख रुपैयाँ दिने निर्णय भएको जानकारी सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले दिनुभयो । बैठकले वन्यजन्तुको आक्रमणबाट मारिएकाको परिवारलाई दिने राहत ५ लाखबाट १० लाख पुर्याउने निर्णयसमेत गरेको छ ।