प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री पदमा देउवाको उम्मेदवारी दर्ता

प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री पदमा देउवाको उम्मेदवारी दर्ता

काठमाडौं :  कांगेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफ्नो उम्मेदवारी व्यवस्थापिका संसदमा दर्ता गराउनुभएको छ । देउवाको उम्मेदवारी दर्तामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रस्तावक र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल  समर्थक रहनुभएको छ। 

 

Image may contain: 1 person

 

देउवाले उम्मेदवारी दर्ता गराउनु अघि काँग्रेस र माओवादीका नेताहरुको संसद भवन बानेश्वरमा बैठक बसेको थियो ।

नेपाली कांग्रेस–नेकपा माओवादीको गठबन्धनबाट देउवाले प्रधानमन्त्री पदमा आफूलाई निर्वाचित गराइयोस् भनी उम्मेदवारी दर्ता गराउनुभएको हो।संविधानको धारा २९८ को उपधारा ३ बमोजिम नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस भनी देउवाले उम्मेदवारीको सूचना संसदमा पेश गर्नु भएको हो । डढेलधुरा क्षेत्र नम्बर १ बाट निर्वाचित ७१ बर्षीय देउवाले अव आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गराउन साँसदहरुसँग छलफल गर्नु हुनेछ । 

कांग्रेस कार्यसम्पादन समितिको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठका अनुसार बरिष्ठ नेता पौडेलले प्रधानमन्त्री भएर पार्टीलाई पनि एक ढिक्का बनाएर अगाडि बढाउन  सुझाव दिनु भएको थियो । ‘हामीले सर्वसम्मत रुपमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका छौ’श्रेष्ठले भन्नुभयो । 

 

संसदमा कायम रहेको संख्या ५९३
बहुमतका लागि २९७
सत्ता गठबन्धनसँग कायम रहेको संख्या ३१०

काँग्रेस २०७
माओवादी केन्द्र ८१
नेपाल लोकतान्त्रिक फोरम १७
नेकपा संयुक्त ३
अखण्ड नेपाल १
समाजवादी जनता पार्टी १
जम्मा ३१०


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.