राजनीतिक दलको घरदैलोसँगै मतदाता शिक्षा

राजनीतिक दलको घरदैलोसँगै मतदाता शिक्षा

बैतडी: बदर मतको सङ्ख्या कम गराउन जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलले घरदैलोसँगै मतदाता शिक्षा कार्यक्रमलाई व्यापक बनाएका छन् ।

पहिलो चरणको स्थानीय निर्वाचनमा धेरै मत बदर भएपछि दोस्रो चरणका निर्वाचन हुने जिल्लामा दलका कार्यकर्ता आफैँ बदर मत घटाउन अग्रसर भएका हुन्।

घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि दिइरहेको नेपाली काँग्रेसका जिल्ला सचिव वीरबहादुर विष्टले बताउनुभयो। उहाँले भन्नुभयो, 'सकेसम्म मत बदर नहोस् भनेर लागेका छौँ ।' विष्टका अनुसार विभिन्न वडामा नमुना स्वास्तिक छाप र मतपत्रसहित अहिले पार्टीले मतदाता शिक्षा पनि दिइरहेको छ।

नेकपा (एमाले)का जिल्ला सचिव लीलाधर भट्टले आफ्नो पार्टीले जिल्लामा प्रचारप्रसार अभियानसँगै मतदाता शिक्षामा पनि जोड दिएको बताउनुभयो । पहिलो चरणको निर्वाचनबाट पाठ सिकेकाले अहिले पहिलो प्राथमिकताका साथमा मतदाता शिक्षालाई घरदैलो सम्म पुराउन सबै तहका प्रचारप्रसार समितिलाई निर्देशन दिइएको छ। उहाँले भन्नुभयो, 'सकेसम्म जिल्लामा मत बदर कम गर्न एमाले लागि परेकोछ।'

नेकपा (माओवादी केन्द्र)का संयोजक पे्रमप्रकाश भट्ट पनि आफूहरु निर्वाचन प्रचारसँगै मतदाता शिक्षामा क्रियाशील रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, 'घरदैलोमा गएका कार्यकर्ताले मतदातालाई मत बदर नगर्न सिकाइरहेका छन् ।'

त्यसैगरी जिल्ला निर्वाचन कार्यालयले पनि मतदाता शिक्षालाई जोड दिएको छ । मतसङ्केत कसरी गर्ने, कसरी बदर कम गर्ने विषयमा सचेतनामूलक काम जेठ ५ गतेदेखि भइरहेको कार्यालयका प्रमुख माधवप्रसाद फुयाँलले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.