कलंकीमा दिउँसै घर तोडफोड गरेर लुटपाट

कलंकीमा दिउँसै घर तोडफोड गरेर लुटपाट

काठमाडौं : राजधानीको कलंकीमा शुक्रबार दिउँसो लुटपाट भएको छ। घरमा कोही नभएको अवस्थामा अज्ञात समूहले घरको ढोका तोडफोड गरेर नगद र गरगहना लुटपाट गरेको हो।

चन्द्रागिरी नगरपालिका १५ ढुंगेअड्डास्थित रुपककुमार सिंहको घरमा लुटपाट भएको हो। घरका दुई ढोका तोडेर दराज तोडफोड गर्दै ३२ हजार नगद र केही गरगहना चोरी भएको घरधनी सिंहले जानकारी दिनुभयो।

सिंहका अनुसार घरमा कोही नभएको मौका छोपी डाका समूह प्रवेश गरेको हो। चोरी भए लगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीको टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले लुटपाट गर्ने समूहको खोजी भइरहेको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.