प्रधानमन्त्री पदका लागि देउवाको मात्रै उम्मेदवारी दर्ता

प्रधानमन्त्री पदका लागि देउवाको मात्रै उम्मेदवारी दर्ता

काठमाडौ : प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराउने समय सकिएको छ । बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको थियो । संसद सचिवालयको कार्यतालिका अनुसार आइतवार संसदमा प्रधानमन्त्रीका लागि निर्वाचन हुनु पर्ने हो ।
सचिवालयले निर्धारण गरेको समयावधिमा काँग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले उम्मेदवारी दर्ता नै गराएन ।
‘अहिले संसद अवरुद्ध छ । प्रधानमन्त्रीको निर्वाचन गराउने संसदमा हो । अवरुद्ध संसदमा कसरी प्रधानमन्त्री निर्वाचित गराउने ?’ एमाले उपमहासचिव घनश्याम भुसालले अन्नपूर्णसँग भन्नुभयो ‘प्रधानमन्त्री निर्वाचनमा भाग लिने ठाउँ नै छैन ।’
एमालेसहितको विपक्षी गठबन्धनले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थियो तर पराजित हुने निर्वाचनमा आफूले उम्मेदवारी नदिने अडान गौतमले लिनु भएको थियो ।
भरतपुरमा पुन मतगणना गराउने निर्वाचन आयोगको निर्णय प्रति रुष्ट भएको एमालेले आइतवार पनि संसद सञ्चालन हुन दिने संकेत दिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.