आयोगको निर्णय राजनीतिक द्वन्द्वको कारखाना: योगेश भट्टराई
काठमाडौं : निर्वाचन आयोगले चितवनको भरपुर महानगरपालिका वडा नम्बर १९ मा पुनःमतदान गर्ने निर्णय गरेकोप्रति एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले आपत्ति जनाउनु भएको छ।
आयोगको निर्णय दुभाग्यपूर्ण र अत्यन्त लज्जास्पद मात्र नभएर राजनीतिक द्वन्द्व सिर्जना गर्ने खालको भएको भट्टराईको टिप्पणी छ। सामाजिक सञ्जाल फेसबुकमार्फत् आयोगको निर्णयप्रति आपत्ति जनाउँदै भट्टराईले यस्तो बताउनु भएको हो।
‘निर्वाचन आयोगको निर्णय दुभाग्यपूर्ण, दुरासययुक्त छ, यसले लज्जास्पद र खराब नजिर बस्नेछ’, भट्टराईले भन्नु भएको छ, ‘राजनीतिक द्वन्द्वको कारखाना खोल्ने काम गरेको छ, बुद्धि पुर्याऊ निर्णय सच्याऊ।’