दाङमा ठूलो मात्रामा हतियार बरामद

 दाङमा ठूलो मात्रामा हतियार बरामद

दाङ : स्थानीय निर्वाचनको तयारी भइरहेको बेला दाङमा ठूलो मात्रामा हतियार फेला परेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले ठूलो परिमाणमा हतियार सहित एक ब्यक्तिलाई शनिवार पक्राउ गरेको हो ।

तुल्सीपुर उपमहानगरपालिका ४ सिमखोली निवासी ६३ बर्षका बिक्रम कामीको साथबाट चार वटा पेस्तोल, दुई वटा भरुवा वन्दुक, इन्सासमा लाग्ने नौ वटा गोली, एसएलआरमा लाग्ने एउटा गोली, १७ थान नाल, सात थान पेस्तोलमा लाग्ने नाल, दुई किलो बारुद, हतियार बनाउन प्रयोग गरिने पङ्खा, हथौडा, सनासो लगायतका औजारहरुसहित कामीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख लोकनाथ तिम्सिनाले जानकारी दिनु भयो ।

प्रहरी उपरिक्षक तिम्लिसिनाका अनुसार एउटा लोड गरिएको अवस्थामा पेस्तोल पनि भेटिएको थियो । विशेष सुराकीको आधारमा प्रहरीले कामीलाई घरबाटै हतियार नियन्त्रणमा लिएको हो । प्रहरीले कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङ घोराहीमा राखेको छ । कामीले २०४३ सालदेखि हातहतियारको मर्मतको काम गर्दै आएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.