खानेपानी मन्त्री शाहीको गाउँमा काँग्रेसको समानान्तर सरकार गठन

खानेपानी मन्त्री शाहीको गाउँमा काँग्रेसको समानान्तर सरकार गठन

सिमकोट : खानेपानी तथा सरसफाई मन्त्री जीवन बहादुर शाहीको घर भएको खार्पूनाथ गाउँपालिकामा नेपाली कांग्रेसको एक पक्षले समानान्तर सरकार गठन गरेको छ । वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएका बिद्रोही पक्षका वडा अध्यक्षका उम्मेदवार प्रकाश बहादुर शाहीको अध्यक्षतामा काँग्रेसको विद्रोही पक्षले ११ सदस्यीय समानान्तर सरकार गठन गरेको हो ।

याङ्चु दुर्पा खर्पेलगाउ ताक्ला बाम्टा यताका लगायतका गाउँबाट आएका स्थानीय वासिन्दाको उपस्थितमा शनिवार खार्पेलगाउँको मान्धारा माध्यमिक विद्यालयमा भएको कार्यक्रम मार्फत गाउँपालिका स्तरिय छायाँ सरकार गठन गरेको भेलामा सहभागी देवीसिहं रोकायाले जानकारी दिनुभयो । भेलाले शाहीको अध्यक्षतामा देवीसिहं रोकाया, केन्द्रराज शाही, मन्दिर ऐडी, भउरे रावत, भक्त बहादुर शाही, दलजित कामी, तुलविर कामी, सुसिला नेपाली, धना रोकाया र बसलराज शाही रहेको रहनु भएको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि खार्पुनाथ गाउँपालिका ५ को खार्पेलगाउँका वडा अध्यक्षका बागी उम्मेरदवार प्रकाश बहादुर शाहीको पक्षलाई वैशाख ३१ गते मन्त्री शाहीकै नेतृत्वमा मतदान गर्नबाट बञ्चित गरेकोले आफूले राज्यलाई चुनौती दिन समानान्तर सरकार गठन गरेको छाँया सरकारका अध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो । आफूहरुलाई सरकारका जिम्मेवार मन्त्रीले संविधान प्रद्धत्त अधिकार प्रयोग गर्नबाट रोक्दा समेत राज्यले न्याय नदिएपछि चुनौती दिन समानन्तर सरकारको गठन गरेको अध्यक्ष शाहीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.