राजपा र राप्रपाले देउवालाई समर्थन गर्ने

राजपा र राप्रपाले देउवालाई समर्थन गर्ने

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने संकेत गरेका छन् ।

शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिहदरबारमा कांग्रेससँग भएको छलफलमा राजपा प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न सकिने जनाएको हो ।

उक्त बैठकमा राजपाका नेताहरुले देउवालाई अग्रिम बधाई दिँदै समर्थनका विषयमा औपचारिक निर्णय आइतबार विहान बस्ने बैठकबाट गर्ने जनाएका छन् ।

‘उहाँले सहयोग गर्न आग्रह गर्नुभयो, हामीले हाम्रा मुद्दामा सकरात्मक भए सहयोग गर्न सक्छौं भनेका छाै’ बैठकपछि राजपा नेता राजेन्द्र महतोले भन्नुभयो ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि देउवालाई समर्थन गर्ने संकेत गरेको छ । राप्रपाले आइतबार बिहान पार्टी बैठक बोलाएर औपचारिक निर्णय गर्ने प्रतिवद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.