भरतपुरमा फेरि मतदान एमालेलाई अमान्य

भरतपुरमा फेरि मतदान एमालेलाई अमान्य

काठमाडौं :  निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनालाई ‘मतगणना स्थलको अनधिकृत कब्जा' भएको ठहर गर्दै उक्त वडाको मतदान रद्द गरी पुनः मतदानको निर्णय गरेको छ । भरतपुर १९ वडाको मतगणनाका क्रममा जेठ १५ गते राति माओवादी केन्द्रका प्रतिनिधिद्वारा मतपत्र च्यातिएको थियो ।

प्रमुख विपक्षी एमालेले च्यातिएका ९० मतपत्रलाई बदर घोषणा गरी बाँकी सद्दे मत गणना गरी नतिजा प्रकाशन गर्नुपर्ने माग गरेको थियो भने सत्तापक्षीय कांग्रेस र माओवादीले पुनः मतदानको माग गरेका थिए । आयोगले उक्त घटनालाई मतगणना स्थलको अनधिकृत कब्जा भन्दै पुनः मतदानको निर्णय गरेको हो । भरतपुरका मुख्य निर्वाचन अधिकृत र आयोगबाट खटिएको अनुगमन टोलीको प्रतिवेदनले पुनः मतदानको अवस्था देखा परेको भन्दै आयोगले पुनः मतदान गर्न चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा (४) बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषित गरी मतदान रद्द गर्ने', आयोगको निर्णयमा भनिएको छ, ‘सोही ऐनको दफा ५० को उपदफा (५) बमोजिम मतदान रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने।'

आयोग प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार भरतपुरमा मतपत्र च्यातिएपछि त्यहाँका मुख्य निर्वाचन अधिकृतले काबु बाहिरको स्थिति पैदा भई रणभूमितुल्य अवस्था बनेको भनी आयोगमा प्रतिवेदन बुझाउनुभएको थियो ।

मुख्य निर्वाचन अधिकृतको प्रतिवेदनमा भनिएको छ, ‘भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको अवस्थामा वडा नं १९ को मतगणनाका क्रममा मतगणना स्थलमा उपस्थित उम्मेदवारका प्रतिनिधिमध्ये केहीले मतगणना स्थलमा प्रवेश गरी गणना भएका र नभएका गरी सयौं मतपत्र च्यात्ने काम गरी मतगणना स्थल रणभूमितुल्य बनाई असामान्य अवस्था सिर्जना भएकाले काबु बाहिरको परिस्थिति परी तत्काल मतगणना कार्य स्थगन राखी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम प्रतिवेदन पेस गरेको व्यहोरा जानकारी गराउँछु ।'

उक्त घटनापछि आयोगले सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको नेतृत्वमा अनुगमन टोली खटाएको थियो । अनुगमन टोलीले के-कति संख्यामा मतपत्र च्यातिएको हो भन्ने यकिन विवरण नदिएपछि आयोगले पुनः च्यातिएका मतपत्रको रेकर्ड माग गरेको थियो । त्यस क्रममा ९० मतपत्र च्यातिएको अवस्थामा फेला परेका थिए ।

एमालेले आफ्ना उम्मेदवारको जित सुनिश्चित भएपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको भन्दै च्यातिएका मतपत्र बदर गरी सद्दे मत गणना गर्नुपर्ने माग गर्दै आएको थियो ।


उपचार खोज्छौँ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै सबै प्रकारका उपचार खोजिने बताउनुभएको छ ।स्थायी समितिको शनिबार बसेको बैठकपछि ओलीले सञ्चारकर्मीसँग भन्नुभयो, ‘यस्तै गर्ने हो भने किन निर्वाचन गर्नुपर्‍यो, आफूखुसी निर्वाचित गरे भइगो नि !' बैठकले आयोगको निर्णयलाई दुर्भाग्य भएको निष्कर्ष निकालेको नेता शंकर पोखरेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.