११ सहसचिव र १५ उपसचिवको सरुवा

११ सहसचिव र १५ उपसचिवको सरुवा

काठमाडौं : गृह मन्त्रालयले ११ सहसचिव र १५ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सेवा अवकाश, निमित्तको समयावधि पूरा भएकोलगायत कारण पछिल्लो सरुवा भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।सुरक्षा समन्वय महाशाखा प्रमुख एवं गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा सरुवा गरिएको छ ।

गृहले पन्थीलाई काठमाडौं सिडिओको रिक्त पदमा सरुवा गरेको हो । जेठ १० गते हिमनाथ दवाडीले अवकाश पाएपछि काठमाडौं सिडिओविहीन थियो । काभ्रेको सिडिओ रहेकै बेला करिब आठ महिनाअघि उहाँलाई गृह मन्त्रालय सरुवा गरेर महत्वपूर्ण जिम्मेवारी दिइएको थियो । पन्थी डोल्पा, बझाङ, पर्वत, सल्यान, पाल्पा, सिरहा, नवलपरासी, रुपन्देही, बारा र काभ्रेपलाञ्चोकको सिडिओ भइसक्नुभएको छ ।

'निर्णय पहिल्यै भइसकेको थियो, पत्र मात्र भर्खरै पाएको हुँ । अब आइतबारदेखि जिम्मेवारी सम्हाल्छु', पन्थीले भन्नुभयो । गृहले सुरक्षा समन्वय महाशाखाको प्रमुखमा ललितपुरका सिडिओ दीपक काफ्लेलाई पठाएको छ । काफ्लेको ठाउँमा मानव स्रोत व्यवस्थापन महाशाखाका प्रमुख रामकुमार श्रेष्ठलाई लगिएको छ । श्रेष्ठ गृह मन्त्रालय आउनुअघि सुर्खेतको सिडिओ हुनुहुन्थ्यो ।

मन्त्रालयका दुई सहसचिव र चार उपसचिवको सरुवा भएको छ भने दुई सहसचिवको पदस्थापन गरिएको छ । भर्खरै सहसचिव हुनुभएका रितेश शाक्यलाई तनहुँ र महेश आचार्यलाई धादिङको सिडिओ बनाएर पठाइएको छ । यी जिल्ला यसअघि निमित्तको भरमा थिए । सिडिओमा निमित्तलाई ६ महिनाभन्दा बढी काम लगाउन नपाइने प्रावधान छ । हाल डोटी, सप्तरी, सिन्धुपाल्चोक र सर्लाहीको सिडिओ पनि निमित्त छन् ।

उपसचिव सुनील खनाल (मनाङ), रामचन्द्र तिवारी (मुस्ताङ), प्रकाशचन्द्र अधिकारी (दैलेख) र राजेश पन्थी (पर्वत) मन्त्रालयबाट सिडिओ बनेर जिल्ला पुग्नुभएको छ । कास्कीका सिडिओ हरि मैनाली र बाग्लुङका सिडिओ भागिरथ पाण्डेलाई मन्त्रालयमा ल्याइएको छ । यी दुवै सहसचिवको जिम्मेवारी भने तोकिएको छैन ।

सहसचिवको सरुवा मन्त्रीस्तरीय निर्णयमा र उपसचिवको सरुवा सचिवस्तरीय निर्णयमा हुने गर्छ । निजामती कर्मचारीको हकमा एक ठाउँमा दुई वर्षभन्दा बढी नराख्ने प्रचलन छ । तर, सिडिओको हकमा बढीमा एक वर्ष र आवश्यकताअनुसार जतिबेला पनि सरुवा हुने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.